Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा रहेका निलम्बित सचिव टेकनारायणको रिहाइ चिकित्सकको हातमा

२०८१, १ फाल्गुन बिहीबार १७:३०

काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डेको स्वास्थ्य परीक्षण गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। रिहाइको माग गर्दै परेको बन्दीप्रत्येक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र विनोद शर्माको इजलासले तत्काल रिहा गर्न अस्वीकार गरे पनि स्वास्थ्य परीक्षणपछि थप निर्णय लिने भएको छ।

मंगलबार भएको बन्दीप्रत्यक्षीकरणको निवेदनको सुनुवाइमा स्वास्थ्य परीक्षण गर्न र त्यसको रिपोर्ट पेस गर्न कारागार कार्यालयलाई निर्देशन दिएको हो। कारागार कार्यालयमार्फत वीर अस्पताल मेडिकल बोर्डबाट निवेदकको विस्तृत स्वास्थ्य परीक्षण गरी रिपोर्ट पेस गर्न सर्वोच्चले भनेको छ। स्वास्थ्य परीक्षण प्रतिवेदन प्राप्त भएपछि पाण्डेलााई रिहा गर्ने/नगर्ने भन्ने थप निर्णय हुने भएको छ।

निवेदकका कानुन व्यवसायीले बहसको क्रममा पाण्डे क्यान्सर रोगबाट ग्रस्त भई स्वास्थ्य दिनानुदिन गिर्दो अवस्थामा रहेको र थप उपचारका लागि भारतको नयाँ दिल्ली जानु पर्ने जिकिर गर्दै थुनाबाहिर राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेका थिए। नयाँ दिल्लीको बीएलके म्याक्स अस्पतालमा क्यान्सरको उपचार गराइरहेका पाण्डे तीन-तीन महिनामा ‘फलोअप’मा जानु पर्ने माग निवेदकको छ। तर उनी थुनामा रहेदेखि जान नपाउँदा स्वास्थ्यमा गम्भीर जटिलता देखिन थालेको दाबी गरिएको छ। सर्वोच्चले पनि उनको स्वास्थ्यबारे गम्भीर चासो देखाएको छ।

‘निवेदकको स्वास्थ्य अवस्था के कस्तो हो? निवेदकलाई निजले भने अनुसारको रोग लागेको हो कि होइन? हो भने सोको निदान के कस्तो हो? उक्त रोगको उपचारको विधी र पद्दती के कस्तो हुन्छ? सो रोगको उपचार नेपालमा हुन सक्ने नसक्ने के हो, सक्ने भए के कुन अस्तालमा उपचार हुनसक्छ, भन्ने समेतका सम्पूर्ण व्यहोरा खुलाइ प्रतिवेदन बुझाउनू’, सर्वोच्चले भनेको छ।

नक्कली शरणार्थी प्रकरणमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि सबै प्रतिवादी उच्च अदालत गएका थिए। उच्चले बालकृष्ण खाणसहितलाई रिहा गरे पनि अन्यलाई थुनामै राखेको थियो।

सर्वोच्चले पनि उच्च्चकै आदेश सदर गरेपछि पाण्डेकी पत्नी मञ्जुले माघ ११ गते बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेकी थिइन्। नेपालीलाई भुटानी शरणार्थीका नाममा अमेरिका पठाउने भन्दै ठगी गर्न उनको समेत संलग्नता रहेको मुद्दा विचाराधीन छ। गृहसचिव हुँदा उनले रकमसमेत लिएको अभियोग छ। उपराष्ट्रपति कार्यालयको सचिव हुँदा पाण्डेलाई २०८० वैशाखमा प्रहरीले पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै