३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा रहेका निलम्बित सचिव टेकनारायणको रिहाइ चिकित्सकको हातमा

१ फाल्गुन २०८१, बिहीबार १७:३०

काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डेको स्वास्थ्य परीक्षण गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। रिहाइको माग गर्दै परेको बन्दीप्रत्येक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र विनोद शर्माको इजलासले तत्काल रिहा गर्न अस्वीकार गरे पनि स्वास्थ्य परीक्षणपछि थप निर्णय लिने भएको छ।

मंगलबार भएको बन्दीप्रत्यक्षीकरणको निवेदनको सुनुवाइमा स्वास्थ्य परीक्षण गर्न र त्यसको रिपोर्ट पेस गर्न कारागार कार्यालयलाई निर्देशन दिएको हो। कारागार कार्यालयमार्फत वीर अस्पताल मेडिकल बोर्डबाट निवेदकको विस्तृत स्वास्थ्य परीक्षण गरी रिपोर्ट पेस गर्न सर्वोच्चले भनेको छ। स्वास्थ्य परीक्षण प्रतिवेदन प्राप्त भएपछि पाण्डेलााई रिहा गर्ने/नगर्ने भन्ने थप निर्णय हुने भएको छ।

निवेदकका कानुन व्यवसायीले बहसको क्रममा पाण्डे क्यान्सर रोगबाट ग्रस्त भई स्वास्थ्य दिनानुदिन गिर्दो अवस्थामा रहेको र थप उपचारका लागि भारतको नयाँ दिल्ली जानु पर्ने जिकिर गर्दै थुनाबाहिर राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेका थिए। नयाँ दिल्लीको बीएलके म्याक्स अस्पतालमा क्यान्सरको उपचार गराइरहेका पाण्डे तीन-तीन महिनामा ‘फलोअप’मा जानु पर्ने माग निवेदकको छ। तर उनी थुनामा रहेदेखि जान नपाउँदा स्वास्थ्यमा गम्भीर जटिलता देखिन थालेको दाबी गरिएको छ। सर्वोच्चले पनि उनको स्वास्थ्यबारे गम्भीर चासो देखाएको छ।

‘निवेदकको स्वास्थ्य अवस्था के कस्तो हो? निवेदकलाई निजले भने अनुसारको रोग लागेको हो कि होइन? हो भने सोको निदान के कस्तो हो? उक्त रोगको उपचारको विधी र पद्दती के कस्तो हुन्छ? सो रोगको उपचार नेपालमा हुन सक्ने नसक्ने के हो, सक्ने भए के कुन अस्तालमा उपचार हुनसक्छ, भन्ने समेतका सम्पूर्ण व्यहोरा खुलाइ प्रतिवेदन बुझाउनू’, सर्वोच्चले भनेको छ।

नक्कली शरणार्थी प्रकरणमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि सबै प्रतिवादी उच्च अदालत गएका थिए। उच्चले बालकृष्ण खाणसहितलाई रिहा गरे पनि अन्यलाई थुनामै राखेको थियो।

सर्वोच्चले पनि उच्च्चकै आदेश सदर गरेपछि पाण्डेकी पत्नी मञ्जुले माघ ११ गते बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेकी थिइन्। नेपालीलाई भुटानी शरणार्थीका नाममा अमेरिका पठाउने भन्दै ठगी गर्न उनको समेत संलग्नता रहेको मुद्दा विचाराधीन छ। गृहसचिव हुँदा उनले रकमसमेत लिएको अभियोग छ। उपराष्ट्रपति कार्यालयको सचिव हुँदा पाण्डेलाई २०८० वैशाखमा प्रहरीले पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली