७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रकमा लोड भएको सिलिन्डरबाट एक्कासि ग्यास लिक भएपछि…

२ फाल्गुन २०८१, शुक्रबार १४:०७

काठमाडौँ | काठमाडौंबाट नुवाकोटको त्रिशूली जाँदै गरेको ट्रकमा रहेको ग्यास सिलिन्डर लिक भएको छ ।

काठमाडौंबाट त्रिशूलीको धोबीघाट जाँदै गरेको बा२ख ४६७३ नम्बरको ट्रकमा लोड गरिएको एमानिया ग्यास सिलिन्डर त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनीबेंसी नगरपालिका-८ बाहुनडाँडामा पुग्दा एक्कासि लिक भएर धुवाँ निस्किएको थियो ।

कोल्ड स्टोरमा प्रयोग गरिने एमोनिया ग्यास लिक भएर धुवाँ आइरहेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरी टोलीले दमकलको प्रयोग गरी थप क्षति हुन नदिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ट्रकमा रहेका १७ वटा सिलिन्डरमध्ये एउटा सिलिन्डरको ग्यास लिक भएको पाइएको छ । ग्यास निभाउन केही समय राजमार्ग अवरुद्ध गरिएको थियो ।

ग्यास निभाउने काम सकिए सँगै ग्यास सिलिन्डर बोकेको ट्रक गन्तव्यतर्फ गइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल