साउन ९, काठमाडौं । शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले दुई सुत्रीय माग पुरा नगरेपछि ११ औं अनसन सुरु गरेका छन् । 

यसअघि विभिन्न चरणम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ९, काठमाडौं । शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले दुई सुत्रीय माग पुरा नगरेपछि ११ औं अनसन सुरु गरेका छन् । 

यसअघि विभिन्न चरणम"/>

2026-06-18 06:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डा. गोविन्द केसीले सुरु गरे एघारौं अनशन

2017-07-24


साउन ९, काठमाडौं । शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले दुई सुत्रीय माग पुरा नगरेपछि ११ औं अनसन सुरु गरेका छन् । 

यसअघि विभिन्न चरणमा गरी उनले १० पटक आमरणर अनशन बसिसकेका छन् । हरेकपटक अनशन बस्दा सरकारले डा. केसीसँग विभिन्न सम्झौता गरेपनि पूर्ण रुपमा लागु भने नगरेको आरोप उनले लगाउँदै आएका छन् ।

चिकित्सा शिक्षा र सेवा सुधारका ठोस माग राखेर बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै असार ३१ सम्मको अल्टिमेटम दिएका केसीले उक्त अवधिमा पनि माग पूरा नभएको भन्दै आफू फेरि सत्याग्रह गर्न बाध्य भएको बताए । 

आईओएममा पदाधिकारी नियुक्त नगरेर अस्तव्यस्त बनाउने, अधिकार खोस्ने र नाजायज रूपमा धेरै शुल्क कायम गर्ने त्रिवि पदाधिकारीलाई तत्काल बर्खास्त गर्नुपर्ने मागसमेत केसीको छ ।

उनले पछिल्लोपटक माथेमा प्रतिवेदन र आफूहरूले दिएका सुझावसहित चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने र चिकित्सा शिक्षा क्षेत्रमा भइरहेका अनियमितता रोक्न सरकार र सम्बद्घ निकायलाई तत्काल ६ वटा काम गर्नुपर्ने दुईसूत्रीय माग अघि सारेका छन् । 

चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा डिनको सिफारिसअनुसार तत्काल सहायक डिन र क्याम्पस प्रमुख नियुक्त गर्नसमेत उनले माग गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु