काठमाडौँ | सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राजस्व चुहावटको आरोपमा बाबुछोरीविरुद्ध मुद्दा दायर गरेको छ । विभागले अशोककुमार सिन्हा र उनकी छोरी निवेदिका सिन्हाविरुद्ध उच्च अदालत जनकपुरमा मुद्दा दायर गरिएको हो ।
विभागका अनुसार अशोक र निवेदिकाविरुद्ध राजस्व चुहावट कसुर गरि सम्पत्ति शुद्धीकरण गरेको हुन सक्ने भन्दै विभागमा उजुरी परेको थियो सोही आधारमा विभागले अनुसन्धान गर्दा उनीहरूले राजस्व चुहावट गरेर कमाएको रकमको कारोबार नेपालका वित्तीय संस्थाहरूमा खाता खोलेर गरेको पाइएको छ ।
उक्त कसुरबाट प्राप्त रकम उनीहरूले जानीजानी मुद्दती निक्षेपमा जम्मा गरेर सोबाट लाभ लिएको विभागको आरोप छ । अशोकलाई ३४ करोड २४ लाख ३१ हजार र उनकी छोरी निवेदिकालाई १९ करोड ७३ लाख ९९ हजार बिगो कायम गरि मुद्दा दायर गरिएको छ ।