७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहकारीबारेको अडिओ बाहिरिएपछि मन्त्रीका स्वकीय सचिवद्वारा आत्महत्या

१३ फाल्गुन २०८१, मंगलवार १८:०१

काठमाडौँ | बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाले आत्महत्या गरेका छन्। सोमबार राति उनले गहुँमा राख्ने विषादी ट्याब्लेट सेवन गरेर आत्महत्या गरेका हुन् ।

धादिङको धुनिवेँशी नगरपालिका–९ घर भएका थापा केही महिनाअघि मात्रै मन्त्री श्रेष्ठको स्वकीय सचिवका रूपमा नियुक्त भएका थिए।

बागमती प्रदेशको सहकारी मन्त्रालय मातहत रहेको सहकारी महाशाखाले गत पुस २८ गते समस्याग्रस्त सहकारी घोषणा गरेको सुमेरु सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको विषयमा फोनमा गरेको कुराकानी बाहिरिएपछि थापाले आत्महत्या गरेको प्रहरीले जनाएको  छ।

थापा र कांग्रेस धादिङका नेता राजु बर्तौलासँग मिलेर समस्याग्रस्त सहकारी घोषणा गरिएको सुमेरुको फाइल सहकारी महाशाखाको सिस्टमबाट हटाइदिने भन्दै पैसामा बार्गेनिङ गरेको अडियो रेकर्ड बाहिरिएको थियो।

सो घटनापछि सहकारी मन्त्री श्रेष्ठको निर्देशनमा सोमबार बिहानै अडियो रेकर्डमा नाम जोडिएका राजु बर्तौलालाई प्रहरीमा उजुरी दिएर पक्राउ गराइएको थियो।

बर्तौला पक्राउ परेपछि थापाले एक पानाको सु–साइड नोट लेखेर विष सेवन गरेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) अपिल राज बोहोराले सोमबार दिउँसो २ बजे कालिमाटीस्थित साथीको कोठामा विष सेवन गरेको अवस्थामा फेला परेका थापाको साँझ ६ः३० बजे उपचारको क्रममा शहीद मेमोरियल अस्पताल, कलंकीमा मृत्यु भएको जानकारी दिए।

सामाजिक सञ्जालमा भाइरल भएको उक्त अडियो रेकर्डमा सुमेरु सहकारीका पूर्व सचिव बिनोद आचार्य, कांग्रेस नेता राजु बर्तौला, र मन्त्रीका स्वकीय सचिव रवि थापाबीचको कुराकानी समावेश रहेको प्रहरीले जनाएको छ। उनले सु–साइड नोटमा पैसा लेनदेनको विषयमा आफ्नो नाम जोडिएको र त्यसबाट आफ्नो बेइज्जत भएको उल्लेख गरेका छ्न् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या