२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रलोभनमा बेचिन्छन सुर्खेतका चेलीबेटी

१३ श्रावण २०७४, शुक्रबार ०५:२१

साउन १३, सुर्खेत । मानव जीवनकै कलङ्कका रुपमा रहेको चेलीबेटी बेचबिखन सुर्खेतमा पनि अझै समस्याकै रुपमा रहेको छ । मानव जीवनको विकासको सेरोफेरोबाट शुरु भएको मानवीय हिंसाका प्रकृतिहरु फेरिए पनि चेलीबेटी बेचबिखनका घटना रोकिएका छैनन् । 

सुर्खेतको हकमा चेलीबेटी बेचबिखन समस्याका रुपमा देखापरेको सरोकारवाला निकायले बताएका छन् । सरकारी र गैरसरकारी संस्थाले चेलीबेटी बेचबिखन रोक्न अभियानमा वर्षेनी लाखौँ पैसा खर्च गरेपनि न्यूनीकरण भएका छैनन् । 

सुर्खेतमा चेलीबेटी बेचबिखन बाहिर नदेखिए पनि आन्तरिक रुपमा यसको जालो ठूलो रहेको महिला तथा बालबालिका कार्यालय, सुर्खेतका प्रमुख जमुना पौडेल बताउनुहुन्छ । अदालत र कानुनी सहायता केन्द्रको रिपोर्टअनुसार सुर्खेतमा चेलीबेटी बेचबिखन अत्यधिक मात्रामा हुने गरेको उहाँको भनाइ छ । 

जनचेतनाको अभाव र गरिबीका कारण महिला प्रलोभनमा परेर बेचिने गरेको उहाँले उल्लेख गनुभयो । साबिक मैनतडा, छिन्चु, राकम, पश्चिम क्षेत्रका बाबियाचौर, तातापानी, घाटगाउँ लगायतका महिला बेखबिखनमा पर्ने गरेको प्रमुख पौडेलले जानकारी दिनुभयो । यी स्थानहरुमध्ये मैनतडाबाट बढी महिला भारत लगायतका मुलुकमा बेचबिखन हुने गरेको उहाँले पुष्टि गर्नुभयो । 

कमजोर आर्थिक अवस्था, शैक्षिक ज्ञान नहुनु, चेतनाको कमी, बेरोजगार, सीमा समस्या, छोटो समयमा धेरै पैसा कमाउने लालसा जस्ता कारणले प्रभावित भएर महिला जीवनका सबै रहर खोसिएको पत्तो नपाउँदा बेचबिखनमा पर्ने गरेको प्रमुख पौडेलको भनाइ छ । “यहाँबाट बाहिरिँदा वैदेशिक रोजगारी भनेर बाहिरिन्छन्”, पौडेल भन्नुहुन्छ, “सबैथोक वैदेशिक रोजगारी होइन भन्ने चेतनाको कमी हुँदा यहाँका अधिकांश महिला बेचबिखनको उच्च जोखिममा परेका छन् ।” 

यौन शोषण, दासता, मानव अङ्ग प्रत्यारोपण, जोखिमपूर्ण श्रम, मनोरञ्जन, वैदेशिक रोजगारी तथा घरेलुलगायत विभिन्न शोषणजन्य कार्यका लागि सुर्खेतका महिला तथा बालबालिकाको बेचबिखन हुने गरेको छ । विधिको दुरुपयोगका कारण पनि महिला बेचबिखनमा पर्ने गरेको उहाँको तर्क छ । 

बाहिरी जिल्लाबाट वीरेन्द्रनगरमा आउने अधिकांश युवती होटेल तथा रेष्टुरेन्टमा बेचिने गरेका महिला तथा बालबालिका कार्यालयको अध्ययनले देखाएको छ । अध्ययनअनुसार पकेट खर्चको जोहो गर्न धेरैजसो युवती होटेल तथा रेष्टुरेन्टमा बेचिने गर्दछन् । मानव ओसार–पसार रोक्नका लागि कार्यालयले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको पौडेलले बताउनुभयो । बेचबिखन रोक्नका लागि साबिकका १० गाविस र पूर्वको भेरीगंगा नगरपालिका र पश्चिमको पञ्चपुरी नगरपालिकामा समिति गठन गरिएको छ । 

बुधबार वीरेन्द्रनगरमा मानव बेचबिखनविरुद्ध पौरखी समूहले चेलीबेटी बेचबिखन विरुद्धमा हाम्रो अभियानसम्बन्धी एकदिने अन्तरक्रिया पनि गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान