2026-07-27 12:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचकमा २१ अङ्कको गिरावट

काठमाडौँ | साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट भएकाे । आज नेप्से परिसूचक २१ दशमलव ६३ अङ्कले घटेर दुई हजार ७१४ दशमलव ८५ को विन्दुमा झरेको छ ।

आइतबार नेप्सेमा एक करोड ३९ लाख ७४ हजार ४५२ कित्ता सूचीकृत धिताेपत्र ७९ हजार ३१ पटक खरिद बिक्री हुँदा ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४०७ बराबरको कारोबार भएको छ । आज व्यापार समूह चार दशमलव ९२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

विकास बैंक समूहको उपसूचक सबैभन्दा धेरै दुई दशमलव २५ प्रतिशतले घटेको छ । बैंकिङ शून्य दशमलव ८०, वित्त कम्पनी १ दशमलव ३९, होटल तथा पर्यटन शून्य दशमलव ५३, जलविद्युत् शून्य दशमलव २९, लगानी एक दशमलव ७२, जीवन बीमा एक दशमलव ०६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ०१, लघुवित्त शून्य दशमलव ८८, म्युचुअल फन्ड शून्य दशमलव ०४, निर्जीवन बीमा शून्य दशमलव ७२ र अन्य समूह एक दशमलव ५२ प्रतिशतले घटेको छ ।

आइतबार सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सबैभन्दा धेरै आठ दशमलव १९ प्रतिशतको वृद्धि देखिएको छ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य सात दशमलव ९१ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ५८ करोड ६६ लाख आठ हजार तीन सय ४८ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै घलेम्दी हाइड्रो लिमिटेडको ११ लाख ९३ हजार नौ सय ३७ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली