९ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सनस्क्रिन किन र कसरी लगाउने ?

७ चैत्र २०८१, बिहीबार १५:४०

काठमाडौँ | गर्मीमा घाम र धुलोबाट आफ्नो छालालाई जोगाउन सनस्क्रिनको प्रयोग गरिन्छ । घामबाट बच्न घरबाट बाहिर निस्किंदा सनस्क्रिन लगाउन बिर्सनुहुन्न पनि भनिन्छ ।

धेरै पटक कडा घामको कारणले दाग धब्बा, चाउरीपन ‘सनर्बन’, ‘टेनिङ’ र अन्य छालासम्बन्धी समस्याको सामना गर्नुपर्छ । सूर्यबाट उत्सर्जित पराबैजनी किरणले हाम्रो छालालाई ठूलो नोक्सान पुर्‍याउँछ । छालासम्बन्धी विभिन्न समस्याबाट बच्न सनब्लक क्रिमको प्रयोग गरिन्छ ।

सनस्क्रिन कति प्रकारका हुन्छन् ? सनस्क्रिन लगाउने विधि के हो ? सनस्क्रिन कसरी छनोट गर्ने ? सनस्क्रिन लगाउने सही समय कुन हो ? जस्ता कुराको दुविधा हुनसक्छ ।

सूर्यबाट यूबीए, यूबीबी, यूबीसी, भिजिबल लाइट लगायत विभिन्न हानिकारक किरण आउने गर्छ । जसमध्ये पराबैजनी किरण जसमा यूबीए र यूबीबीले छालालाई नकारात्मक असर गर्छ । यी पराबैजनी किरणबाट बच्न घामको सम्पर्कमा आउने अनुहार, घाँटी, हात खुट्टामा सनस्क्रिन लगाउनुपर्ने हुन्छ ।

आज हामी कस्तो प्रकारको सनस्क्रिन छालाका लागि राम्रो मानिन्छ र एक पटकमा कति सनस्क्रिन अनुहारमा लगाउँदा छालालाई सही सुरक्षा मिल्छ यसबारे कुरा गर्नेछौँ ।

कस्तो प्रकारको सनस्क्रिन फाइदाजनक ?

सनस्क्रिन खरिद गर्ने बेला एसपीएफ (सन प्रोटेक्सन फेक्टर) हेर्न बिर्सनु हुन्न । एसपीएफ १५ ले ९३ प्रतिशत युबीबी किरणलाई रोक्छ, एसपीएफ ३० ले ९७ प्रतिशत यूबीबी किरणलाई रोक्छ । त्यसैले एसपीएफ ३० भन्दा माथिको सनस्क्रिन प्रयोग गर्नुपर्छ ।

सनस्क्रिन लगाउने सही तरिका

छालामा सबैभन्दा पहिले सनस्क्रिन लगाउने कि मोइस्चराइजर लगाउने भन्ने विषयमा धेरै जना अलमलिएको पाइन्छ । छालामा सबैभन्दा पहिले मोइस्चराइजर लगाउनुपर्छ त्यसपछि सनस्क्रिन ।

घरबाट निस्कनुभन्दा आधा घण्टाअघि नै सनस्क्रिन लगाउनुपर्छ । अतिरिक्त सुरक्षाको लागि दिनमा दुईदेखि तीन पटक लगाउनु राम्रो हुन्छ । घरबाट बाहिर निस्किंदा मात्र होइन, घरभित्र हुँदा पनि सनस्क्रिन लोसन लगाउनुपर्छ ।

एक पटकमा एक चिया चम्चा ‘पाँच एमएल’ जति बाक्लो लेयर सनस्क्रिन लगाउनुपर्छ । पातलो लेयर लगाउँदा त्यसले सूर्यको हानिकारक किरणलाई राम्ररी छेक्न सक्दैन ।

सनस्क्रिन किन्दा ध्यान दिनुपर्ने कुरा
सबैभन्दा पहिले आफ्नो छाला कस्तो प्रकारको हो त्यो थाहा पाउनुपर्छ । आफ्नो छालाअनुसारको सनस्क्रिनको प्रयोग गर्नुपर्छ । आफ्नो छाला कुन प्रकारको हो भन्ने कुरा थाहा पाउन छाला रोग विशेषज्ञको सल्लाह लिनुपर्छ ।

चिल्लो छाला छ भने पानी तथा जेल बेस सनस्क्रिनको प्रयोग गर्नुपर्छ । सामान्य छाला छ भने लोसनबेस लगाउनुपर्छ । सुक्खा छाला छ भने क्रिमबेस सनस्क्रिनको प्रयोग गर्नुपर्छ । त्योबाहेक कसै–कसैको छाला धेरै संवेदनशील छ भने मिनिरल्स सनस्क्रिनको प्रयोग गर्नुपर्छ ।

सनस्क्रिन मुख्यतया दुई प्रकारको हुन्छ- फिजिकल सनस्क्रिन र केमिकल सनस्क्रिन । फिजिकल सनस्क्रिनले छालाभित्र सम्म नगएर बाहिरबाट नै संरक्षण गर्छ । यसलाई मिनिरल सनस्क्रिन पनि भनिन्छ । गर्भवती महिला  र सेन्सिटिभ  छाला भएकाहरूले यो सनस्क्रिन लगाउनुपर्छ । केमिकल सनस्क्रिन भने विभिन्न केमिकलको मिश्रणबाट बनेको हुन्छ । धेरै घामको सम्पर्कमा आउने व्यक्तिहरूले केमिकल सनस्क्रिन लगाउनुपर्छ ।

एक पटकमा कति सनस्क्रिन लगाउनुपर्छ ?

यदि तपाईं अलिकति सनस्क्रिन लगाएर युभी किरणहरूबाट जोगिन्छु भन्ने लाग्छ भने तपाईं गलत हुनुहुन्छ । छाला विशेषज्ञ एक पटकमा दुई औँलाको बराबर सनस्क्रिन लगाउन सुझाव दिन्छन् । अर्थात् एक पटकमा एक चम्चा बराबर सनस्क्रिन छालामा लगाउनुपर्छ । जब तपाईं सनस्क्रिन लगाउनुहुन्छ, पूरै अनुहारमा राम्रोसँग लगाएर १० मिनेटको लागि छोड्नुहोस् ।

दश मिनेटभित्र नै सबै सनस्क्रिन तपाईंको छालामा राम्रोसँग अवशोषित हुनेछ । छाला विशेषज्ञहरूका अनुसार दिनमा दुई दुई घण्टाको अन्तरालमा सनस्क्रिन लगाउनुपर्छ ।

के-के फाइदा हुन्छ?

  • दैनिक सनस्क्रिन लगाउनाले छालालाई हानिकारक यूभी किरणहरूबाट बचाउन मद्दत गर्छ ।
  • सूर्यको अल्ट्रावायोलेट हानिकारक किरणले अनुहारलाई धेरै नोक्सान पुर्‍याउँछन् । सनस्क्रिनको प्रयोगले यी किरणबाट बचाउन मद्दत गर्छ ।
  • सनस्क्रिनको प्रयोगले छाला समयभन्दा बुढ्यौली देखिने समस्या केही ढिलो हुन्छ ।
  • लामो समयसम्म यूभी किरणहरूको सम्पर्कमा रहनाले छाला क्यान्सरको जोखिम पनि बढ्न सक्छ । यी यूभी किरणबाट बच्न लागि नियमित रूपमा सनस्क्रिन लगाउनु आवश्यक छ ।
  • सनस्क्रिन लगाउनाले छालाका कोशिकाको सही सुरक्षा हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इलाममा मासुका लागि जिउँदै गोरुको फिला काटियो, दोहोरिदै घटना १६३६ किलो गाँजासहित २ जना पक्राउ ट्रकमा लोड भएको मार्बलले च्याप्दा एक मजदुरको मृत्यु, एक घाइते आज रातिदेखि आइतबार साँझसम्म मौसम खराब हुने सम्भावना भारतबाट फर्केपछि मन्त्री राणा- सरकारको सिस्टम नै परिवर्तन हुनेजस्तो आशय मैले देखिनँ चन्द्रागिरिको सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर आगलागीका घटनाबाट ६ जनाको मृत्यु, ३८ परिवार विस्थापित चोरीका २७१ वटा मोबाइल, ९ ट्याब र १५ ल्यापटपसहित ७ जना पाकेटमार पक्राउ एक्सले हाल्यो भारत सरकारविरुद्ध मुद्दा धनुषामा प्रहरीकाे हवाई फायर दस जनाले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार उच्च अदालत परिसरमा रविलाई प्रश्न, तपाईं राजावादी हो, रास्वापा लाइन के हो? कैलालीको जंगलमा अनुमति बिनै १०० भन्दा बढी विदेशी नागरिकको बसोबास, प्रशासनको २४ घण्टे अल्टिमेटम विश्वकप छनोट: कोलम्बियालाई हराउँदै ब्राजिल दोस्रो स्थानमा काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध रविले गराए उच्चमा निवेदन दर्ता मुलुक गम्भीर अवस्थामा छ, क्रान्तिका लागि तयार बनौं : रवि लामिछाने पर्सामा प्रहरीबाटै कुटिए वडाध्यक्ष एकै विद्यालयका ८ जना जुम्ल्याहा एसईई दिँदै युट्युब भिडिओ हेरेर एक युवकले आफ्नै पेटको शल्यक्रिया गरेपछि… बेलायतको सबैभन्दा ठूलो विमानस्थल २४ घण्टाका लागि बन्द