2026-11-15 05:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब बसाइँ सरेकै ठाउँबाट नागरिकताको प्रतिलिपि लिन पाइने

2026-11-15

काठमाडौँ | नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ ले बसाइँ सरेकै ठाउँबाट समेत नेपाली नागरिकता तथा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि लिन पाउने व्यवस्था गरेको छ । नियमावलीको नियम १६ ख मा नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन सकिने अवस्था, प्रक्रिया र आवश्यक कागजातबारे स्पष्ट व्यवस्था गरिएको हो। नियम १६ ख को उपनियम (१) अनुसार अब पाँच अवस्थामा नागरिकता वा गैरआवासीय नेपाली नागरिकताको प्रतिलिपि लिन सकिनेछ।

जसमा आगलागी भई वा पानीले भिजी नष्ट भएमा, च्यातिई काम नलाग्ने भएमा, हराएमा, बसाइँसराइ भएमा वा नयाँ ढाँचामा आवश्यक भएमा प्रतिलिपि लिन सकिने उल्लेख छ। प्रतिलिपि लिन चाहने व्यक्तिले आवश्यक कागजात संलग्न गरी सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ। नेपाली नागरिकताको प्रतिलिपिका लागि ऐनको दफा ३ र ५ बमोजिम जारी भएको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपिका लागि च्यातिई काम नलाग्ने भएको, बसाइँसराइ भएको र नयाँ ढाँचामा आवश्यक भएको अवस्थामा नागरिकताको सक्कल प्रति पेस गर्नुपर्नेछ।

यस्तै, आगलागी वा पानीले नष्ट भएको तथा हराएको अवस्थामा सोको प्रतिलिपि र प्रतिलिपिसमेत नभएमा राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गाधनी पुर्जामध्ये कुनै एक प्रमाणपत्र बुझाउनुपर्ने व्यवस्था गरिएको छ । बसाइँसराइ भएको भए बसाइँसराइको प्रमाणपत्र र सम्बन्धित स्थानीय तहको सिफारिसपत्र संलग्न गर्नुपर्नेछ। नियमावलीको उपनियम (३) ले डिजिटल अभिलेखसँग विवरण मिल्ने सेवाग्राहीलाई थप सहजता प्रदान गरेको छ । जसअनुसार सम्बन्धित व्यक्तिको वैयक्तिक विवरण ‘नागरिकता सूचना व्यवस्थापन प्रणाली’ मा रहेको विवरणसँग र जैविक विवरण प्रचलित कानूनबमोजिमको ‘राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली’ मा भएको विवरणसँग रुजु भएमा स्थानीय तहको सिफारिस आवश्यक पर्ने छैन ।

ऐनको दफा ७ क बमोजिम जारी भएको गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिनका लागि सक्कल प्रति (उपलब्ध हुन नसकेमा सोको प्रतिलिपि), हाल नागरिक रहेको मुलुकको नागरिकता वा राहदानी र सम्बन्धित स्थानीय तहको सिफारिस पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । नियमावलीअनुसार नेपाली नागरिकताको प्रतिलिपिका लागि अनुसूची–१६ बमोजिम र गैरआवासीय नेपाली नागरिकताको प्रतिलिपिका लागि अनुसूची–१७ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष सुरक्षा सल्लाहकार कार्कीले बुझे पत्र एनपीएल : चितवनमाथि कर्णाली याक्सको शानदार जित अब बसाइँ सरेकै ठाउँबाट नागरिकताको प्रतिलिपि लिन पाइने राष्ट्रिय भेलालगत्तै एमालेले बोलायो केन्द्रीय कमिटी बैठक कर्णाली याक्सले चितवनलाई दियो १५४ रनको लक्ष्य छठलाई राष्ट्रिय पर्वका रूपमा स्थापित गर्न प्रभु साहको माग नेपाललाई नकारात्मकता होइन, सकारात्मकता चाहिएको छ : गगन थापा त्रिभुवन विमानस्थलबाट सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ एनपीएल : कर्णाली याक्सले जित्यो टस, ब्याटिङ गर्ने निर्णय कांग्रेसले खुलामञ्चमा रोप्यो दुबो छठ पूजाका लागि राष्ट्रपति पौडेल आज गौरीघाट जाँदै सुनचाँदीको मूल्य घट्यो छठले सबै अवस्थालाई सम्मान गर्न सिकाउँछ : प्रधानमन्त्री शाह देउवाको घोषणा : जीवनको अन्तिम साससम्म कांग्रेसको हितमा लड्छु हामी जे बोल्छौँ, त्यही गर्छौं र जे गर्छौं, त्यही बोल्छौँ : रवि लामिछाने अहिले पुलिस दुई भागमा बाँडिएको छ : केपी शर्मा ‌ओली एनपीएल : विराटनगरविरुद्ध टस जितेर लुम्बिनीले रोज्यो फिल्डिङ वर्तमान सरकारलाई नयाँ वर्ष देखाउन दिनु हुँदैन मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा चीन भ्रमणलाई फलदायी बनाउन रवि लामिछानेको निर्देशन