४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा अर्को उजुरी

१७ चैत्र २०८१, आईतवार १७:०७

काठमाडौँ | नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले सरकारको कमजोरीका कारण राजावादीको प्रदर्शन अराजकतामा परिणत हुँदा पनि प्रहरी निरीह बन्नुपरेको टिप्पणी गरेका छन् । आइतबार (चैत १७) नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

राजावादी प्रदर्शनकारी कहिले जुलुस निस्केला र लुटौँला भनेर बसेको देखिएको समेत उनले टिप्पणी गरे । “तीनकुनेमा जुलुस निक्लिने, भाटभटेनीमा लुटपाट मच्चिने । कहिले जुलुस निस्केला र लुट्न पाइएला भनेर हेरिबसेको देखिएन ? देखियो नि ! त्यो त नेतृत्वले जिम्मा लिनुपर्छ नि,” उनले भने ।

उनले राजावादीले राजनीतिक इच्छाले नभई धमिलो पानीमा माछा मार्ने उद्देश्यले प्रदर्शन गरिरहेको तर्क गरे । “राजनीतिक इच्छाका कुराले भन्दा पनि धमिलो पानीमा माछा मार्ने उद्देश्यका साथ गतिविधि अघि बढेको त देखियो नि,” उनले भने ।

मान्छे मार्ने र निजी सम्पत्तिमा आगजनी तथा लुटपाटको अवस्थामा प्रहरी ‘साइत हेरेर बस्न नहुने’मा उनले जोड दिए । उनले भने, “सार्वजनिक सम्पत्तिमा आगजनी भइसक्यो, मान्छे मर्न थालिसके, लुटपाट भइराछ भनेपछि प्रहरीले साइत हेरेर बसेर हुन्छ ?”

सरकारको गम्भीर त्रुटिका कारण जनधनको क्षति भएको उनले जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ