२०८२, २७ माघ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टीको झण्डा ओडाएर नेता बोहोराकाे अन्तिम श्रद्धाञ्जली

२०८१, २० चैत्र बुधबार १६:५९

काठमाडौँ | प्रतिनिधिसभाका सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बोहराको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरिएको छ ।

राप्रपाका संस्थापक नेता तथा पूर्वमन्त्री बोहोराको ७६ वर्षको उमेरमा उपचारको क्रममा मङ्गलबार बिहान निधन भएको थियो । रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा निर्वाचित उनी विगत तीन वर्षदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए।

चाबहिलस्थित पार्टी कार्यालयमा आज आयोजित श्रद्धाञ्जली कार्यक्रममा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्व बोहराको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका थिए।

त्यसैगरी नेपाली कांग्रेसका नेताद्वय अर्जुननरसिंह केसी र सुनिल थापा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता हितराज पाण्डे, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता योगेश भट्टराईलगायत राप्रपाका नेता तथा कार्यकर्ताले स्व बोहोराप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। स्व नेता बोहोराको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने केपी शर्मा ओलीले गरे हुलाकी राजमार्गको अवलोकन नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घट्यो विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो: केपी शर्मा ओली राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप सिगासमा एक पुरुष मृत फेला यसपटकको फागुन २१ मिति होइन, इतिहास हो: रवि लामिछाने सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु