रेशम राज रोकाया | साउन १९, सिमिकोट, हम्ला | जिल्ला समन्वय समितिको निर्वाचनमा माओवादी र एमालेको गठबन्धन निर्वाचित भएको छ । 

गठबन्धनमा नेकपा माओवादी केन्द्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रेशम राज रोकाया | साउन १९, सिमिकोट, हम्ला | जिल्ला समन्वय समितिको निर्वाचनमा माओवादी र एमालेको गठबन्धन निर्वाचित भएको छ । 

गठबन्धनमा नेकपा माओवादी केन्द्"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

माओवादी नेतृत्वमा जिल्ला संयोजन समिति चयन

१९ श्रावण २०७४, बिहीबार १६:१५

रेशम राज रोकाया | साउन १९, सिमिकोट, हम्ला | जिल्ला समन्वय समितिको निर्वाचनमा माओवादी र एमालेको गठबन्धन निर्वाचित भएको छ । 

गठबन्धनमा नेकपा माओवादी केन्द्रका दान बहादुर रावत प्रमूख र एमालेको खगेन्द्र कार्की उप प्रमूखमा निर्वाचित भएका हुन् । जम्मा १४ मत रहेको जिल्लामा प्रमुख रावतले दश मतका साथमा दुवैले जित हासिल गरेको मूख्य निर्वाचन अधिकृत दिलनाथ रेग्मीले जानकारी गराएका छन् । माओवादी केन्द्रका तर्फबात कोतन्बा लामा, दानसिँह दमाई र जीवन रावत त्यसै गरी एमालेका तर्फबाट जशु परियार, छेजुम लामा, अजवीर शाही सदस्यमा निर्वाचित भएका छन् ।

निर्वाचित पदाधिकारीलाई आज नै पद तथा गोपनियताको सपथ तथा पदभार ग्रहण समेत आजै गरिएको जिल्ला समन्वय समितिका सचिव लोक बहादुर सुनारले जानकारी दिनु भएको छ । आजै बसेको जिल्ला समन्वय समितिका पदाधिकारीले जिल्लामा हुने भ्रष्टाचार विरुद्ध सून्य सहनशिलता अपनाउने समेत निर्णय भएको छ । बैठकमा मतदानमा सघाउने सम्पूर्ण महानुभावलाई समेत धन्यवाद ज्ञापन गरेको छ । 


यस अघि नेपाली काँग्रेस र माओवादी विच भएको सम्झौतालाई माओवादी केन्द्रले जिल्लामा रहेका अन्य ठाउँमा आफ्ना कार्यकर्तामाथी आक्रमण लगायत अन्य उछिङ्कल काम गरेकोले सो सम्झौता तोडेर नेकपा एमालेसँग गठबन्धन अघि ल्याएको समेत जानकारी दिएको छ । उता माओवादी केन्द्र र नेपाली काँग्रेसको विचमा भएको भद्र सहमती तोडेको भन्दै एकल रुपमा आफ्नो उम्मेद्वारी दिएको भएता पनि ४ मत प्राप्त गरी सम्पूर्ण प्यानलले नै हार व्यहोर्नु परेको छ । 

माथिल्लो तश्विर: निर्वाचित जिल्ला समन्वय समितिका सम्पूर्ण पदाधिकारीहरु । 

दोश्रो तश्विर: निर्वाचित प्रमूख दान ब. रावत र उपप्रमूख खगेन्द्र कार्की । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य