Skip to content
Friday, July 17, 2026 Nepali Online Media

रूखबाट लडेर वडा सदस्यको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>साउन २०, रुकुम ।</b> रूखबाट लडेर यहाँका एकजना निर्वाचित वडा सदस्यको मृत्यु भएको छ ।&nbsp;<br></p><p>५ नम्बर प्रदेशमा पर्ने सिस्ने गाउँपालिका–८ का सदस्य ५३ वर्षीया मेघलाल पुनको रूखबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।&nbsp;</p><p>बिहीबार दिउँसो घर नजिकैको रूखमा बाख्रालाई घाँस काट्दा उहाँ लड्नुभएको बताइएको छ । गम्भीर घाइते भएका पुनलाई उपचारका लागि नेपाजगञ्ज लैजाँदै गर्दा बाटोमा बिहीबार राति करिब ११ बजेतिर मृत्यु भएको आफन्तले जानकारी दिएका छन् । रासस&nbsp;</p>