Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपाले रविको मानवअधिकार हनन भएको भन्दै आयोगमा गुहार्‍यो

२०८१, २७ चैत्र बुधबार १३:१७

काठमाडौँ | सहकारी ठगी मुद्दामा भैरहवा कारागारमा रहेका सभापति रवि लामिछाने पक्राउ प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय मानवअधिकार आयोग गुहारेको छ ।गत चैत २२ गते राति साढे ७ बजे काठमाडौँस्थित निवासबाटै प्रहरीले पक्राउ गर्ने क्रममा लामिछानेको वैयक्तिक स्वतन्त्रताको गम्भीर हनन गरेको भन्दै रास्वपाले बुधबार आयोगमा निवेदन दिएको हो ।

‘सभापति रवि लामिछानेमाथि भएको मानवअधिकार हननको विषयमा राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएका छौँ’,रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले भने, ‘देशमा मानवअधिकारको पूर्ण प्रत्याभूति हुन सकोस् भनेर आएका हौँ ।’

उनले सभापति लामिछानेलाई पक्राउका नाममा राज्यले गम्भीर मानवअधिकार हनन गरेको पनि बताएका छन् ।‘यही विषयमा हाम्रो सभापति रवि लामिछानेमाथि मानवअधिकार हननको विषयमा छानबिन भइ आवश्यक कारबाही होस् भनेर निवेदन दिएका छौँ’, उनले भने, ‘केन्द्रीय र प्रदेश सांसद पनि पुल्चोक पुगेका छौँ । मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले यसबारेमा छानबिन हुन्छ, दोषीलाई कारबाही गर्छौँ भन्ने प्रतिबद्धता जनाउनु भएको छ ।’

बुर्लाकोटीका अनुसार चैत २२ गते राति ७.२७ मा लामिछानेको निवासमा गैरकानुनी रुपमा छिरेर प्रहरीले सम्मानपूर्वक बाँच्न पाउने, न्यायपूर्वक कुरा राख्न पाउने अधिकार खोस्दै हुलहुज्जत गरेको थियो ।‘प्रहरीले उच्च अदालत तुलसीपुरको बुटवल इजलासबाट जारी आदेशको प्रति नआउँदै लामिछानेको वैयक्ति अधिकारको रुपमा चीरणहरण गर्ने काम गरेको छ’, उनले भने, ‘आदेश कार्यान्वयन गर्ने अदालतको पत्र नै नआएको अवस्थामा प्रहरी शयन कक्षमै पुगी अनावश्यक धरपकड गरेको थियो ।’

प्रहरीको उक्त कार्यले मानवअधिकारको गम्भीर उल्लंघन भएकाले कारबाही माग गरिएको बुर्लाकोटीले बताए । ‘अदालतबाट आदेश प्रमाणित हुन नपाउँदै ७ बजेर २७ मिनेटमा प्रहरी लामिछानेको निवासमा छिरेको थियो । अदालतबाट प्रमाणित आदेश राति ८ बजे मात्रै आएको थियो । उहाँमाथि अस्वभाविक, अशोभनीय र गैरकानुनी हर्कत गरियो ।’बुर्लाकोटीले पक्राउ पुर्जीबिना पुगेका प्रहरीको व्यवहारले मानवअधिकार उलंघन भएको जनाएका छन् । उनले प्रहरीले रविलाई अन्तिम इच्छा के भनेर जल्लादको भाषामा सोधेको भन्दै यसमा पनि आयोगको ध्यानाकर्षण गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै