२०८२, २८ माघ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब हरेक वर्षको चैत २८ लाई मोही दिवसको रूपमा मनाउने घोषणा

२०८१, २८ चैत्र बिहीबार १७:४६

काठमाडौँ | परम्परागत पेय पदार्थ ‘मोही’ लाई राष्ट्रिय पहिचानको रूपमा स्थापित गर्दै स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल डेरी एसोसिएसनले हरेक वर्ष चैत २८ गते राष्ट्रिय मोही दिवसको रूपमा मनाउने घोषणा गरेको छ ।‘नियमित मोही सेवनः स्वस्थ र फूर्तिलो जीवन’ भन्ने नाराका साथ एसोसिएसनले आज काठमाडौँमा एक कार्यक्रम गरि शुभारम्भ गर्दै अब हरेक वर्षको चैत २८ लाई मोही दिवसको रूपमा मनाउने घोषणा गरेको हो ।

नेपाल डेरी एसोसिएसनले लामो समयदेखि मोही, लस्सी, दही, आइसक्रिम जस्ता परम्परागत दुग्धजन्य पेय पदार्थको प्रवर्द्धनमा अग्रसर हुँदै आएको छ । आफ्ना प्रत्येक कार्यक्रममा अन्य कृत्रिम पेयको सट्टा मोही जस्ता स्वदेशी पेय पदार्थको सेवा गर्दै आएको एसोसिएसनले पछिल्लो दुई वर्षदेखि अस्पताल, विद्यालय, सामाजिक संस्थामा निःशुल्क मोही वितरण कार्यक्रमलाई अभियानकै रूपमा अघि बढाएको छ ।

दरबारमार्गस्थित एक क्याफेमा हरेक शनिबार बिहान ७ देखि ११ बजेसम्म वितरण हुने यो मोही अभियानबाट हालसम्म २५ हजार लिटर मोही झन्डै दुई लाख जनालाई खुवाइएको एसोसिएनसले जनाएको छ । एसोसिएसनका अध्यक्ष तथा मोही अभियन्ता प्रल्हाद दाहालले बताए । मोहीलाई एक लुकेको परम्परागत पेयबाट सबैका सामु गर्वका साथ पस्कन सकिने स्वास्थ्यवर्द्धक पेय बनाउने अभियान सफल हुँदै गएको उनको भनाई छ । दुई दर्जनभन्दा बढी डेरी उद्योगले मोहीलाई लेबलिङ र प्याकेजिङसहित बजारमा ल्याएका छन् । हाल दैनिक झन्डै २५ हजार लिटर मोही बजारमा खपत हुँदै आएको छ भने अनौपचारिक रूपमा उपभोग हुने मोहीको मात्रा झण्डै एक लाख लिटर रहेको एसोसिएसनको अनुमान छ ।

कार्यक्रममा दुग्ध विकास संस्थानका महाप्रबन्धक पशुपति ढुंगानाले हाल उत्पादित दूधको पूर्ण खपत हुन नसकेको अवस्थामा मोहीजस्तै अन्य दुग्ध उत्पादनलाई विकल्पका रूपमा विकास गर्न सकिने बताउँदै भविष्यमा संस्थानले यसतर्फ ध्यान केन्द्रित गर्ने बताए । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्र मिश्रले डेरी एसोसिएसनले सञ्चालन गरेको मोही अभियानले सार्थकता पाउँदै गएको उल्लेख गरे । मोही अब गाउँघरको सीमितताबाट निस्केर शहरी जीवनशैलीसँग मिसिएको, स्वास्थ्यप्रद र गर्वका साथ पस्कन सकिने पेयको रूपमा विकसित हुँदैछ ।

कार्यक्रमलाई डेरी एसोसिएसनको नेतृत्वमा पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, एसोसिएसन अफ नेपाली एग्रीकल्चरल र्जालिस्ट्स (अनाज), दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ, कृषि उद्यम केन्द्र (एफएनसीसीआई), केन्द्रीय पशुपन्छी मत्स्य सहकारी संघ, कृषि तथा पशुपन्छी व्यवसायी संघ, रोटरी क्लब अफ कपनले संयुक्त रूपमा आयोजना गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने केपी शर्मा ओलीले गरे हुलाकी राजमार्गको अवलोकन नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घट्यो विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो: केपी शर्मा ओली राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप सिगासमा एक पुरुष मृत फेला यसपटकको फागुन २१ मिति होइन, इतिहास हो: रवि लामिछाने सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु