2026-06-12

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

९ महिनासम्म ६ सय ७६ विदेशीले नेपालमा श्रम स्वीकृति पाए

काठमाडौँ | चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना (साउन–चैत) सम्म ६ सय ७६ विदेशीले नेपालमा श्रम स्वीकृति पाएका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चैतमा मात्र ९० विदेशीले श्रम स्वीकृति लिएको देखिन्छ । नेपालबाट हरेक दिन २ हजार २ सय हाराहारी युवा वैदेशिक रोजगारीमा जाने गरेको तथ्यांक छ । नेपालमा भने विदेशी परियोजनामा बढी श्रमिक श्रम स्वीकृति लिएर आउने गरेका छन् ।

यसरी श्रम स्वीकृति लिनेमा चिनियाँ धेरै छन् । तथ्यांक अनुसार चैतसम्म १ हजार २ सय ३१ विदेशीको श्रम स्वीकृति नवीकरण भएको छ । चैतमा मात्र १ सय ५० श्रमिकको श्रम स्वीकृति नवीकरण गरिएको विभागको तथ्यांक छ । यस अवधिमा प्रतिष्ठानमा काम गर्ने विदेशी श्रमिकले श्रम स्वीकृति लिए–नलिएको बारे २८ वटा अनुगमन गरिएको छ । चैतमा मात्र २ वटा अनुगमन गरिएको विभागले जनाएको छ ।

विभागले यस वर्ष ९ महिना अवधिमा श्रमिक आपूर्तिकर्ता इजाजतपत्र ४२ कम्पनीलाई प्रदान गरेको छ । ३ सय ४५ कम्पनीमा निरीक्षण भएको विभागले जनाएको छ । बालश्रमबारे २ हजार ५ सय ५५ वटा निरीक्षण गरिएको छ । श्रम कानुन पालना भए–नभएको बारे २ हजार ५ सय ८३ वटा निरीक्षण गरिएको समेत विभागले जनाएको छ । यस अवधिमा ३ सय ६२ वटा श्रम विवाद समाधान गरिएको छ । त्यस्तै २९ जना औद्योगिक दुर्घटनामा परेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवक पक्राउ करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ? : सांसद शाही संसद्का सबै नियम परिपलाना गरेर बैठक चलाउनुपर्छ : हर्कराज राई सुनचाँदीको मूल्य घट्यो यदि कसैलाई नियतमा शङ्का छ भने छानबिन समिति बनाएर अध्ययन गर्दा हुन्छ: अर्थमन्त्री वाग्ले