८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार र कांग्रेसका कारण डा.केसी एक मिनेट पनि अनशन बस्न पर्दैनः प्रधानमन्त्री

२९ श्रावण २०७४, आईतवार ०२:२७

साउन २८, काठमाडौं | प्रधानमन्त्री शेरबहादुर देउवाले अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्न सरकार र नेपाली कांग्रेस पूर्ण रुपले तयार रहेको बताउनुभएको छ ।

शनिबार साँझ डा. केसीको माग लिएर बालुवाटार आउनुभएका उहाँका प्रतिनिधि र मानवअधिकारवादीहरु समक्ष प्रधानमन्त्री देउवाले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।  

शुक्रबार दुई पक्षबीच तीन बुँदे सहमति भए पनि प्रतिपक्ष दल सम्वद्ध केही सांसद्को विमतिका कारण त्यसअनुरुप चिकित्सा शिक्षा विधेयकको पुनर्लेखन हुनसकेको थिएन । यसकारण, डा. केसीले २० दिनदेखि जारी अनशन तोड्न अस्वीकार गर्नुभएको थियो ।

शनिबार डा. केसीका प्रतिनिधिहरूले चिकित्सा शिक्षा ऐनको प्रस्तावनामा “चिकित्सा शिक्षासम्बन्धि राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७२ को मर्म र भावनासमेतलाई दृष्टिगरी गरी” भन्ने वाक्यांश थप्न र दफा ६ मा “यस ऐन बमोजिम चिकित्सा शिक्षा कार्यदल २०७२को प्रतिवेदनसमेतले आवश्यक पर्ने पूर्वाधार तथा मापदण्ड” भन्ने उल्लेख गर्न माग गर्नुभएको थियो । यी दुई माग सम्बोधन भए डा. केसीले तत्काल अनशन अन्त्य गर्ने जानकारी उहाँहरूले दिनुभएको थियो ।

प्रत्युत्तरमा प्रधानमन्त्री देउवाले भन्नुभयो, “यी दुबै माग पूरा गर्न म तयार छु । सरकार र नेपाली कांग्रेसका कारण डा. केसीले एक मिनेट पनि अनशन बस्नुपर्दैन ।” प्रधानमन्त्रीले ऐन पारित गर्ने संसदको अधिकार क्षेत्र भएकाले पनि प्रतिपक्षी दल र माओवादी केन्द्रलाई पनि सहमत गराउन उनीहरुलाई आग्रह गर्नुभयो । 

प्रधानमन्त्री  देउवाले यही माग लिएर प्रतिपक्षी दलका नेता केपी ओलीसमक्ष जान पनि डा. केसीका प्रतिनिधि र मानवअधिकारवादीहरूसमक्ष आग्रह गर्नुभयो । डा. केसीका प्रतिनिधिहरूसँगै मानव अधिकारवादीहरू कनकमणि दीक्षित, निलाम्बर आचार्य, चरण प्रसाई, केदारभक्त माथेमा र सुबोध प्याकुरेल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार आउनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता