३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारत–पाकिस्तान तनावपछि गृहमा केन्द्रीय सुरक्षा समितिको बैठक

२४ बैशाख २०८२, बुधबार १६:१७

काठमाडौँ । भारत–पाकिस्तानबीच बढेको तनावपछि गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। बुधबार दिउँसोको बसेको बैठकमा तीन सुरक्षा प्रमुख र नेपाली सेनाका रथी निर्मलकुमार थापा सहभागी थिए। नेपाल प्रहरीका आईजीपी दीपक थापा, सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी थिए।

छलफलमा भारत पाकिस्तानको तनावका कारण नेपालमा हुनसक्ने सुरक्षा चुनौती र त्यसका लागि नेपालले अपनाउनु पर्ने सतर्कताका बारेमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ। परिस्थितिलाई नजिकबाट नियाल्ने र आवश्यकता अनुसार योजना बनाउँदै जाने, अहिलेलाई सुरक्षामा निगरानी बढाउने निर्णय भएको छ।

मंगलबार रातिदेखि भारत–पाकिस्तानबीच तनाव बढेको छ। उक्त तनावका कारण ती देशमा रहेका नेपाली नागरिकको सुरक्षाको विषयमा पनि छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्न भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्य र समन्वयमा सीमानामा संयुक्त रुपमा गस्ती पट्रोल र खबर आदान–प्रदान गरिरहेको पनि सहप्रवक्ता थापाले बताए। उनका अनुसार एउटा बीओपीबाट अर्को बीओपीसम्म २४ घण्टा सीमा ईलाकामा रहने गरी पट्रोलिङ गरिरहेको छ। अनाधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिहरुलाई प्रधान कार्यालयले विशेष निर्देशन पनि दिएको छ।

सीमा ईलाकामा आवश्यकता अनुसार आवतजावत गर्नेहरुको परिचय पत्र चेकजाँच गरेर अभिलेख राख्ने कार्य समेत भईरहेको छ। सम्भावित संकित स्थानहरुमा निगरानी एवं चेकजाँच तथा सुक्ष्म रुपमा खबर संकलन कार्य समेत गरिराखेकोसशस्त्रको दाबी छ।

सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध घुसपैठलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समेत समन्वय गरेर सीमामा आवतजावत गर्नेलाई निगरानी गर्ने कार्य समेत कडाईका साथ गरिरहेको दाबी थापाले गरे।
शहरी क्षेत्रका सुरक्षा चुनौती हुनसक्ने ठाउँहरुमा पनि निगरानी बढाएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली