१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बाँदर’ र ‘बिहार’ प्रसंगले सांसदको बोलिमा दुईपटक आपत्ति

३२ श्रावण २०७४, बुधबार ११:३३

साउन ३२, काठमाडौं । व्यवस्थापिका-संसद्को बुधबारको बैठकमा सांसदहरुले प्रयोग गरेको शब्दप्रति दुईपटक आपत्ति प्रकट गरिएको छ । 

नेकपा एमालेका सांसद ममता गिरीले आफ्नो पार्टीका तर्फबाट प्रस्तुत गरेका सार्वजनिक महत्वको प्रस्तावको बचाउ गर्दै ‘बाँदर’ प्रवृत्तिका मानिसले मात्रै यो प्रस्तावलाई अस्वीकार गर्न सक्दछन् भन्ने आशयका अभिव्यक्तिप्रति सांसद रामहरि खतिवडाले तत्कालै उठेर आपत्ति जनाउनुभएको थियो । 

उहाँले भन्नुभयो, ‘बाँदर भन्ने शब्द संसदीय मर्यादा विपरीत भएकाले त्यसप्रति मेरो आपत्ति छ, त्यसलाई रेकर्डबाट हटाउन सभामुख समक्ष माग गर्दछु ।’ 

त्यसको लगत्तै सभामुखको भूमिकामा रहनुभएका नेपाली कांग्रेसका सांसद नारायणबहादुर कार्कीले उक्त शब्दलाई रेकर्डबाट हटाउन सचिवालयका कर्मचारीलाई निर्देशनसमेत दिनुभएको थियो । 

त्यसैगरी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरीले तराईको कुरा गर्दा बिहारसँग तुलना गरेर हेर्ने पार्टीले अहिले तराई–मधेसको डुबानको विषयमा सार्वजनिक महत्वको प्रस्ताव ल्याउनु कतिको ठीक होला ? भन्ने आशयले छलफलमा कुरा राखेलगत्तै एमालेका सांसद तथा जरुरी सार्वजनिक महत्वका प्रस्तावक भीम रावलले उक्त भनाइप्रति आपत्ति प्रकट गर्दै आफू सम्बद्ध पार्टीले तराईका विषयमा कहिले पनि त्यस्तो नभनेको र यस्ता किसिमको प्रचारसमेत नगर्न आग्रह गर्नुभएको थियो । 

उहाँले भन्नुभयो, ‘तराई मधेसप्रति आफ्नो पार्टीले कहिल्यै बिहारसँग जोडेर नहेरेको तथा नेपालको सार्वभौम, स्वतन्त्रता र अखण्डताप्रति आफ्नो पार्टी सदैव सचेत रहेकाले अघिल्ला सांसदबाट तराई भनेको बिहार भन्ने अभिव्यक्ति एमाले भनेको भन्ने भनाइप्रति आपत्ति छ, यस्तो ‘कु’ प्रचार बन्द गरियोस् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र