२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रलाई सातौँपटक म्याद थप्न अदालत लगिँदै

३० बैशाख २०८२, मंगलवार १४:२२

काठमाडौँ । थुनामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रसहितका आरोपितलाई प्रहरीले मंगलबार पुनः म्याद थपका लागि अदालत पेस गर्ने तयारी गरेको छ । चैत १५ गते नै पक्राउ परेका मिश्रसहितका आरोपितलाई सातौँपटक म्याद थपका लागि अदालत पेस गर्न लागिएको हो ।

राजावादीले चैत १५ गते काठमाडौंको तीनकुनेको गरेको प्रदर्शनमा अराजकता र लुटपाट गराउन भूमिका खेलेको आरोपमा मिश्र र धवलशमशेर राणासहतिलाई पक्राउ गरेको थियो । राणालाई स्वास्थ्य अवस्थाको कारण देखाएर प्रहरीले थुनाबाहिर राखेर अनुसन्धान अघि बढाएको छ । मिश्रसहित उनीपछि पक्राउ परेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं थुनामै छन् ।

मिश्रलाई प्रहरीले पहिलोपटक थुनामा राखेर अनुसन्धान गर्न चैत १६ गते पाँच दिनको अनुमति पाएको थियो । चैत २० गते सात दिनको म्याद पाएको प्रहरीले चैत २७ गते १५ दिनको म्याद लिएर थुनामा राखेको थियो । यस्तै, वैशाख १० गते तीन दिन र वैशाख १४ गते सात दिन र वैशाख २१ मा पाँच दिनको म्याद पाएको थियो । मंगलबार उक्त समय अवधि सकिएसँगै पुनः म्याद थपका लागि जिल्ला अदालत पेस गर्न लागिएको हो ।

मिश्रमाथि प्रहरीले राज्यद्रोह, संगठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान थालेको छ । प्रसाईंसहित केहीलाई भने कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग कसुर लगाएको छ । तीनकुने घटनामा अराजक प्रदर्शन गर्ने, लुटपाट गर्ने करिब ९० जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । त्यसमध्ये २४ जनालाई  प्रहरीले थुनामा राखेर अनुसन्धान जारी राखेको छ । केहीलाई भने थुनाबाहिर राखेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट