2026-08-07 12:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रविको बन्दी प्रत्यक्षीकरण निवेदन हेर्न नमिल्नेमा,अर्को पेशी बुधबारको लागि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा मंगलबार पनि सुनुवाइ नहुने भएको छ।आज न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिए पनि न्यायाधीश फुयालले हेर्न नमिल्ने भएकाले सुनुवाइ हुन नसकेको हो। यसअघि सोमबार न्यायाधीश सुनिल कुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा पेशी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन।

न्यायाधीश पोखरेलले पनि हेर्न नमिल्ने भएकाले त्यसदिन सुनुवाइ हुन सकेको थिएन। यस्तै वैशाख ८ गते पनि यो निवेदनमा सुनुवाइ भएको थिएन। त्यसदिन पनि न्यायाधीश फुयालकै इजलासमा पेशी तोकिएको थियो। तर त्यसको भोलिपल्ट वैशाख ९ मा न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासले कारण देखाउ आदेश जारी गरेको थियो। त्यसपछि यो निवेदनको अन्तिम किनारा लाग्न सकेको छैन।

अब बुधबारका लागि पेशी तोकिएको छ। सुप्रिम सहकारी ठगीको मुद्दामा लामिछाने रुपन्देही कारागारमा छन्। उनलाई जिल्ला अदालतले एक करोड रुपैयाँ धरोटीमा हिरा गर्न आदेश दिएको थियो। तर उक्त आदेश बदर गर्दै उच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। आदेश लगतै लामिछानेलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई निवासबाटै पक्राउ गरेर हिरासतमा राखेको थियो।

त्यसको भोलिपल्ट रुपन्देही लगेर उनलाई कारागार चलान गरिएको थियो। तर रवि पक्राउ र कारागार चलानको विषयमा प्रस्न उठाउँदै उनकी पत्नी निकिता पौडेलले बन्दी प्रत्येक्षीकरण निवेदन दायर गरेकी छन्। रविलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गर्दै तत्काल रिहा गर्न माग गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटरमा सवार युवतीको मृत्यु सरकारले नेपाली सेनालाई सस्तो बनाउने काम गर्‍यो : मिराज ढुंगाना ‘ब्लु बस’ महिलालाई छुट्याउन होइन, सुरक्षित बनाउन : मन्त्री बादी राष्ट्रियसभामा सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ पेस १३.८२ अंकले घट्यो नेप्से, ४ अर्ब ६२ करोडको कारोबार ‘बीमा छ, सेवा छैन’ : स्वास्थ्य बीमाको अवस्थामाथि सांसद देवकोटाको कडा प्रश्न गृहमन्त्री सुधन गुरुङले मागे माफी निर्मला पन्त हत्या प्रकरणबारे गृहमन्त्रीको आग्रह: “यो विषय सदनमा पटक–पटक नउठाउनुस्” दुःख नभएको मानिस हुँदैन, दुःखलाई नै बल बनाएर अघि बढ्नुपर्छ: गृहमन्त्री गुरुङ राप्रपाले ३७ वर्षसम्म राजाको नाममा भोट संकलन गर्‍यो: धवलशमशेर जबरा ग्यासको अभाव र कालोबजारी भए फोन गर्न उद्योग मन्त्रालयको आग्रह आज राष्ट्रियसभाको बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिने पेट्रोल ट्यांकर दुर्घटनामा परी भएको आगलागी नियन्त्रणमा ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते एकैदिन ८ हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो ? काठमाडौँसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम साइप्रसमा नेपाली दूतावास स्थापनाका लागि दवाव दिन तीन हजार जनाले गरे प्रत्यक्ष हस्ताक्षर अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव