सुशीला रेग्मी/भदौ २, पाल्पा । मगर, गुरुङ समुदायमा प्रचलित ‘कृष्ण चरित्र नचरी’ संस्कृतिको अस्तित्व जोगाइ राख्न रामपुरका विश्वकर्मा समुदाय लागिपरेका छन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सुशीला रेग्मी/भदौ २, पाल्पा । मगर, गुरुङ समुदायमा प्रचलित ‘कृष्ण चरित्र नचरी’ संस्कृतिको अस्तित्व जोगाइ राख्न रामपुरका विश्वकर्मा समुदाय लागिपरेका छन् । 
२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोपोन्मुख ‘कृष्णचरित्र नचरी’ जोगाउँदै रामपुरका विश्वकर्मा

२०७४, २ भाद्र शुक्रबार ०६:४५

सुशीला रेग्मी/भदौ २, पाल्पा । मगर, गुरुङ समुदायमा प्रचलित ‘कृष्ण चरित्र नचरी’ संस्कृतिको अस्तित्व जोगाइ राख्न रामपुरका विश्वकर्मा समुदाय लागिपरेका छन् । 

केही समय अगाडि मगर र गुरुङ समुदायमा निकै प्रचलित रहेको यस कृष्ण चरित्र नचरी पछिल्लो समय यस समुदायबाट विस्तारै लोप हुने क्रममा छ । तर रामपुर नगरपालिका वडा नं ६ र ७ का कठान, गैट्टारमा बसोबास गर्ने विश्वकर्मा समुदायले भने यसको परम्परा संस्कृतिलाई धान्दै आइरहेका छन् । 

कृष्णचरित्र नचरी खास गरी श्रीकृष्ण जन्माष्टमी, तीज, दशँै, पूर्णिमा, माघे संक्रान्ति, रामनवमी पर्व, वैशाखे पूर्णिमा, दशहरा पर्व, सत्यनारायण पूजा, फागुपूर्णिमाजस्ता पर्वमा र गाउँघरमा हुने मेला, महोत्सव, न्वारन, पास्नी, छैटीँमा देखाइने गरिन्छ । 

यसमा भगवान् श्रीकृष्णको चरित्र लीलालाई मुख्य विषयवस्तु बनाइएर नाच्ने गरिन्छ । एक पुर्सुङ्गे, दुई मारुनी, दुई मादले र एक ढँटुवारे पात्रले श्रीकृष्ण लीलासँग सम्बन्धित गीत गाएर अभिनयसहित नाचिने नाचलाई श्रीकृष्ण चरित्रमा आधारित मारुनी नाच भनिने गरिएको हो । 

श्रीकृष्ण लीलाका जन्मखण्ड, गोलेनीखण्ड, नागिनी आदि खण्डको अभिनय पूरा भएपछि बन्धन फुकाउने गीत गाउनु अनिवार्य हुने कृष्णचरित्र नचरीका रौरा अर्थात् गुरु चण्डीप्रसाद सुनार बताउनुहुन्छ । उहाँकै निर्देशनमा यहाँ कृष्णचरित्र नचरी देखाइने गरिन्छ । आफूले जाने बुझेदेखि नै महिलाको वेषभूषा लगाएर पुर्सुङ्गे, मारुनी र मादले पात्रका रुपमा अभिनय गर्दै आइरहेको र अहिले आएर रौरा भएर संस्कृतिलाई निरन्तरता दिन पाएकोमा खुशी लागेको ६२ वर्षीय सुनार बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “बाउ बाजेले पहिलेदेखि कृष्ण चरित्र नचरी देखाउँदै आएको हँुदा आफूले पनि परम्परा र संस्कृतिलाई जोगाउन निरन्तरता दिने प्रयास गरिरहेको छु” । फरक समुदायको भएपनि संस्कृति बचाउने अभियानमा लागिरहेको र नयाँ पुस्तालाई पनि संस्कृति हस्तान्तरण गरेर अस्तित्व बचाई राख्ने कसरतमा लाग्ने उहाँको भनाइ छ । 

पर्वअनुसार भगवान् श्रीकृष्णको जीवन लीलामा आधारित कृष्ण चरित्र नचरी तथा श्रीरामको जीवन गाथामा आधारित रामायणको नचरी देखाइन्छ । नचरीका अर्का पात्र रामबहादुर सुनारका अनुसार संंस्कारअनुरुप नचरीका गीत फरकफरक गाइन्छन् । छैँठीको अवसरमा कृष्णजन्म खण्डको गीत गाएर अभिनयसहित नृत्य गरिन्छ । 

छैँठीखण्डको गीत ः 

रिटक ः श्रीकृष्ण जन्मनुभयो झ्यालभित्र मध्यरातमा, 

चरण ः हा हा भदवै महिना अष्टमी तिथी वुधवार रोयणी नक्षत्र, 

हा हा झ्याल ढोका खुले प्रहरी निदाए, 

वासुदेवले कृष्णलाई गोकुलमा लगे । 

रिटक ः बच्चा भई खेली गोकुलैमा कृष्णले, 

दही चोरी खाए । 

चरण ः हा हा दही चोरी खाए–२ 

हाँडी त्यहीँ फुटाए । 

यहाँको नचरी मारुनी शैलीमा नाचिने हँुदा यसको मारुनी नाचसँग नजिकको सम्वन्ध देखिन्छ । श्रीकृष्णको चरित्रमा आधारित भएर नृत्य अभिनय गर्दा पुण्य प्राप्ति हुनुका साथै मनोरञ्जन समेत हुने कारणले यस क्षेत्रमा नचरी देखाउने गरिएको हो । जेहोस् रंगमञ्च विनानै घर, अाँगन, मन्दिर, खुला ठाउँमा प्रदर्शन गरिनु, स्थानीय बोलिचालीको भाषा, वेषभूषा र वाद्यवादनका सामग्रीको प्रयोगका कारण परम्परागत संस्कृतिलाई आजसम्म पनि जीवन्तता तुल्याइरहेको छ । 

मगर बस्तीको प्रभावका कारण शुरुमा बाउबाजेले यो संस्कृति अवलम्वन गरे, त्यसलाई निरन्तरता दिने उद्देश्यले यो नाच बेलाबेलामा गाउँ घरमा देखाइँदै आइरहेको पदमबहादुर विक बताउनुहुन्छ । 

नागिनी खण्डको गीत ः 

रिटक ः हामरो पूजालाई पर्दो कृष्ण, 

विर हो तमु बालाई, 

जामुनाको निरमा तिर, 

उही होला कमलको फुल । 

चरण ः हा हा कमलको फुलमा टिपी, 

ल्याऊ मेरा भानिज, 

सोही र फुल ल्याऊ रे बाबालाई, 

हामकै सेजा पुगेन । 

रामपुरको विश्वकर्मा समुदायले देखाउने कृष्णचरित्र नचरी पनि भगवान् श्रीकृष्णकै जीवन लीलामा आधारित कथावस्तुसँग सम्बन्धित नृत्य हो । यसमा एक पुर्सुङ्गे, दुई मारुनी र दुई मादले पात्रहरु प्रयोग हुन्छन् । 

यी पात्रमध्ये पुर्सुङ्गेले श्रीकृष्णको प्रतिनिधित्व गरेको हुन्छ । दुई मारुनीले कालीनाग र नागिनीको प्रतिनिधित्व गर्दछन् । दुई मादले गीत गाउँदै मादल बजाउँदै नाच्ने पात्रहरु हुन् । मारुनी गीतको भाव र मादलको तालमा घुमीघुमी नाच्छन् । 

मादलेहरुले सेतो फेटा, भोटो, कछाड, इष्टकोट लगाई काँधमा मादल बोकेका हुन्छन् । पुर्सुङ्गेले सेतो फेटा, भोटो, जामा, कालो इष्टकोट, कानमा कुण्डल र खुट्टामा खाँकर लगाएको हुन्छ । मारुनीहरुले चौवन्दी चोली, दुईपट्टि फुर्का भएको लामो घाँघर, नैनसुतको पटुका, निलो पछ्यौरा लगाई हातमा रुमाल लिएका हुन्छन् । 

गोलेनी खण्डको गीत :

रिटक: हा हा सोह्रसय गोलेनी माई, 

दही बेच्न आएका, 

दहियाको लाउँछ जागत । 

चरण: हा हा दहियाको बेची बेची, 

हामी वृद्ध भयौं, 

केको लाग्छ जागत्, 

तिम्रो पासमा दुना, नरिवल होला, 

सिहियाको हो लाउँछ जागत् । 

चौध वर्षका सुमन विक र मिलन विक महिलाले लगाउने भेषभुषाहरु साडी, चोली, पछ्यौरा, पटुका, कण्ठमाला, कण्ठी, चापलगायतका विभिन्न खालका पहिरन लगाएर कृष्णचरित्र मारुनी गीतका भाका र वाद्यवादनको तालमा मज्जाले नाच्ने गर्छन् । 

उनीहरु अहिले कक्षा ६ मा पढ्दैछन् । मारुनी नाच नाच्न पाउँदा निकै रमाइलो र खुशी लागेको सुमन विक बताउनुहुन्छ । यसरी मारुनी बनेर नाच्ने गर्दा कलासंस्कृतिको बारेमा केही कुरा सिक्ने अवसर पाएको मिलन विकले बताउनुभयो । यस संस्कृतिप्रति पछिल्लो समयमा युवा पुस्ताले चासो नदिँदा मगर र गुरुङ समुदायभित्र भने क्रमशः हराउँदै गएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ