२०८२, २९ माघ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई

२०८२, ७ जेष्ठ मंगलवार १५:०७

काठमाडौँ | परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल र चीनबीच सदियौँदेखि रहिआएको गहिरो मित्रवत् सम्बन्ध पछिल्लो समय जनस्तरमा समेत प्रगाढ हुँदै गएको बताउनुभएको छ ।

नीति अनुसन्धान प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘नेपाल–चीनबीचको सम्बन्ध र सम्भावनाको समीक्षा’ विषय गोष्ठीको उद्घाटन सत्रमा उहाँले चीन नेपालको विश्वासिलो र भरपर्दो छिमेकी मित्र भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “नेपाल–चीन आर्थिक, सामाजिक, सांस्कृतिक एवं परम्परागत सम्बन्ध रहिआएको घनिष्ट मित्रराष्ट्र हुन् । हामीले एक अर्काको चासो र सवेदनशीलतालाई बुझ्नुपर्छ, नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ, नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने नेपालको स्पष्ट नीति रहिआएको छ ।”

नेपाल र चीनले एक अर्काका आकाङ्क्षालाई सम्मान गर्दै आएको स्मरण गर्दै उहाँले नेपालको सार्वभौमसत्ता र भौलोगिक अखण्डता एवं राजनीतिक स्वतन्त्रताप्रति चीनले लिँदै आएको नीतिप्रति आभार व्यक्त गर्नुभयो । सचिव राईले भन्नुभयो, “हामी नेपाली जनता चीनको सहयोगप्रति आभारी छौँ, नेपालका लागि चीन आर्थिक सहभायताको सबैभन्दा ठूलो देश मात्र नभई दोस्रो ठूलो व्यापार साझेदार मुलुक हो ।”

सचिव राईले मित्रराष्ट्रको समृद्धिका लागि चीनका लागि राष्ट्रपति सी चिनफिङ्ले अगाडि बढाउनुभएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) मार्फत दुई देशबीचको सम्बन्ध बहुआयामिक तहमा विस्तार हुँदै गएको बताउनुभयो । उहाँले बिआरआइमार्फ अगाडि बढेका आयोजनाले नेपालको आर्थिक विकास र रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालस्थित चिनियाँ दूतावासका नियोग उपप्रमुख वाङ सिनले विगत ७० वर्षदेखि नेपाल र चीनबीच रहिआएको कूटनीतिक सम्बन्ध जनतस्तरसम्म पुगेको र यसले दुवै देशको चासोलाई सम्बोधन गर्दै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विभिन्न समयमा हुँदै आएको उच्चस्तरीय राजनीतिक भ्रमणले दुई देशबीचको सम्बन्ध घनिष्ट तुल्याउन योगदान पुगेको छ, सन् २०१९ मा चीनका राष्ट्रपति सी चिनफिङले गर्नुभएको नेपाल भ्रमण र प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो चीन भ्रमणले आपसी सम्बन्धलाई अझै उचाइमा पु¥याएको छ ।”

नेपालको पूर्वाधार, स्वच्छ ऊर्जा, पावर ग्रिडजस्ता आयोजनामा चीनले नेपाललाई सहयोग गर्दै आएको र बिआरआइमार्फत नयाँ आयोजना अगाडि बढेको उल्लेख गर्दै उहाँले आगामी दिनमा द्विपक्षीय सहयोग र सहकार्य थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । चीनले नेपाललाई सधँै समान र सहअस्तित्वको भावनाबाट सम्मान गर्दै आएको स्पष्ट पार्दै उपप्रमुख वाङले एकअर्काको आपसी चासोलाई दुवै देशले अन्तरमनबाट सहयोग गरिरहेको बताउनुभयो ।

नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्षको उत्सव मनाइएका बेला दुवै देशका सरकारी ‘थिङ्क ट्याङ्क’ ले आयोजना गरेको ऐतिहासिक गोष्ठी हो ।

नेसनल इन्स्टिच्युट अफ इन्टरनेसनल स्टाटेजी अफ दि चाइनिज अकाडमी अफ सोसल साइन्स (निस)ले पहलमा भएको यस गोष्ठीले औपचारिक सहकार्यको जग बसाल्ने आयोजकको अपेक्षा छ ।

त्यस अवसरमा प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्राडा लेखनाथ शर्माले नेपाल र चीन एकअर्काका विश्वासिला छिमेकी मित्र भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल र चीनबीच सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध पाँचौँ शताब्दीदेखि नै रहिआएको छ, पूर्वाधार र उद्योगदेखि मानवीय सहयोगसम्म नेपालको विकासमा चीनको योगदान छ, जुन महत्त्वपूर्ण र प्रशंसनीय छ ।”

विगतमा काठमाडौँ अन्तरराष्ट्रिय व्यापार, पारवहन र सम्पर्क सञ्जालको प्रमुख केन्द्रका रूपमा रहेकामा अहिले पनि त्यसलाई निरन्तरता दिन आवश्यक रहेको अध्यक्ष शर्माको भनाइ थियो ।

विश्वमा भएका विभिन्न घटना र परिवेशले नेपाल र चीनबीच स्थिर, सहयोगी र अग्रगामी साझेदारीको आवश्यकतालाई आह्वान गरिरहेको जनाउँदै उहाँले हाम्रा सम्बन्ध दुई राष्ट्रहरूको फाइदाका लागि मात्र नभई समग्र एसिया क्षेत्रमा शान्ति, स्थिरता र साझा समृद्धिका लागि हुने धारणा व्यक्त गर्नुभयो ।

नेपाल–चीन रणनीतिक सहयोग साझेदारीको प्रभावकारी कार्यान्वयनमा नेतृत्व र निर्णयकर्तालाई मार्गदर्शन गर्न सक्ने कार्ययोग्य नीतिगत सिफारिस गर्नु गोष्ठीको उद्देश्य रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ