भदौ ६, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा(एमाले)का नेता केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा तराई– मधेसको डुबान, ऊर्जा विकास, सन् १९५० सन्धि, सीमा क्षेत्रमा निर्माण "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ६, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा(एमाले)का नेता केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा तराई– मधेसको डुबान, ऊर्जा विकास, सन् १९५० सन्धि, सीमा क्षेत्रमा निर्माण "/>
२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारत भ्रमणबारे प्रधानमन्त्रीलार्इ ओलीका यस्ता छन् सुझाव

२०७४, ६ भाद्र मंगलवार ११:५४

भदौ ६, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा(एमाले)का नेता केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा तराई– मधेसको डुबान, ऊर्जा विकास, सन् १९५० सन्धि, सीमा क्षेत्रमा निर्माण गरिएको बाँध र सुपुर्दगी सन्धिलगायत समग्र राष्ट्रहितका पक्षमा कुरा राख्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

व्यवस्थापिका– संसद्को आजको बैठकमा विशेष समय लिएर उनले सदनको अधिवेशन चलिरहेको बेला छिमेकी मुलुकको भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्रीले छलफलको कार्यसूची र भ्रमणमा जानुपर्नाका कारणबारे सदनमार्फत नेपाली जनतालाई जानकारी गराउन आवश्यक रहेको बताए ।

“मुलुकको धेरै भागमा बाढी, पहिरो र डुबानको समस्या छ , जसबाट १४९ को ज्यान गइसकेकोछ, १० हजारको संख्यामा बेघरबार छन्, ठूलो संख्यामा जनता समस्या छन्, त्यसमध्ये डुबानको समस्या अझै विकराल छ, डुबान समस्या कसरी पैदा भएको हो, अब कसरी समाधान गर्ने हो, त्यस सम्बन्धमा व्यापक छलफल र बहस हुनुपर्छ”, उनले भने ।

नेता ओलीले अन्तर्राष्ट्रिय कानून विपरीत नेपाललाई पनि थाहा नै नदिएर बाँध बनाइएको छ भन्दै त्यसबारे सरकारको धारणा के छ भन्नेबारे नेपाली जनता सुन्न चाहन्छन् भन्दै बाँधका सम्बन्धमा गम्भीर रुपमा भारतसँग कुरा गर्नुपर्नेमा जोड दिए ।

उनले इतिहासको कुनै कालखण्डमा गरिएको सन्धि वा सम्झौता आजको आवश्यकता र मुलुकको हित हुने गरी बनाउनुपर्ने बताउँदै सन् १९५० को सन्धि पुनरवलोकनको विषयलाई सकारात्मक दिशातर्फ लैजानुपर्ने सुझाव दिए । “कूटनीतिक मर्यादा विपरीत सार्वभौम राष्ट्रले थिचोमिचोको महसूस गर्दछौँ भने हामीले छिमेकीसँग स्पष्ट कुरा राख्न सक्नुपर्दछ,” उनले भने ।

ऊर्जा व्यापार सम्बन्धमा निश्चित प्रतिशत लगानी भएको मात्र किन्ने अरु नकिन्ने भन्ने भनाइ सार्वजनिक गरिएको छ, यो ठीक होइन भन्दै उनले भारतले जुन नीति सार्वजनिक गरेको छ त्यो नेपालको हितमा नरहेको र त्यसले ऊर्जा विकासमा योगदान नपु¥याउने बताए ।

“कतिपय सीमा विवादको बेला भन्न हच्किन्छौ, जायज कुरा गर्न हच्किनुपर्ने कुनै कारण छैन, कानूनी सहायताको नाममा एक देशको कानून व्यवसायी अर्काे देशमा गएर बहस गर्ने काम हुनहुँदैन, तेस्रो देशको नागरिक दोस्रो देशलाई सुपुर्दगी गर्न मिल्दैन । छिमेकीसँग सम्बन्ध बिग्रन्छ यसबारे प्रधानमन्त्रीले भ्रमणका क्रममा कुरा राख्नुपर्छ”, ओलीले भने ।

उनले सार्कले दक्षिण एसियाको विकासमा सकारात्मक योगदान गर्दै आएको बताउँदै अध्यक्ष मुलुकका हिसाबले यस क्षेत्रमा देखिएको चिसोपन र तनाव घटाउन हामीले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।

उनले स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि सीमा निर्धारण गर्ने काम सकियो कि बाँकी छ, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि, सरकारले ऐन किन अड्काएर राखेको हो भनी प्रश्न गरे ।

संविधान परिवर्तनीय दस्तावेज भएको र यो देश र जनताको, अग्रगमनका लागि संशोधन हुन गर्न सकिने बताउँदै उनले सहमतिका आधारमा संविधान संशोधन गर्न सकिने थियो तर अनुपयुक्त ढंगबाट आएकाले अस्वीकृत भएको विचार व्यक्त गरे ।

भूकम्प गएको यति समय बित्दा समेत भूकम्पपीडित उस्तै समस्यामा रहेको बताउँदै उनले विपद् व्यवस्थापन सम्बन्धी ऐन छिट्टै सदनमा ल्याउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो