2026-09-14 08:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मोदीले भने :‘अब आणविक हमलाको धम्की चल्दैन,यस्ता हमलालाई युद्धको कारबाही मानिनेछ’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार राजस्थानको बीकानेरमा आयोजित एक जनसभालाई सम्बोधन गरेका छन् । उनले उक्त सम्बोधनका क्रममा ‘अप्रेशन सिन्दूर’को लामो व्याख्यासहित भारतीय सेनाको प्रशंसा गरे ।

‘अप्रिल २२ तारिखको हमलाको जवाफ हामीले २२ मिनेटमै दियौँ । आतंककारीहरूका ९ ठूला ठेगाना ध्वस्त पार्यौँ’, उनले भने, ‘संसार र देशका दुश्मनहरूले पनि जब सिन्दूर बारुद बन्छ, त्यसको परिणाम के हुन्छ भन्ने देखेका छन् ।’ प्रधानमन्त्री मोदीले आतंककारीहरूले हमला गरेपछि भारत सरकारले देशका तीनवटै सेनालाई कारबाहीका लागि खुला छूट दिएको बताए। त्यसपछि ती तीन सेनाले बनाएको रणनीतिसामु पाकिस्तान घुँडा टेक्न बाध्य भएको उनले जिकिर गरे ।

उनले फेरि एकपटक आफ्ना तीन कुरा दोहोर्‍याउँदै भने, ‘अब आणविक हमलाको धम्की चल्दैन । यस्ता कुनै पनि हमलालाई युद्धको कारबाही मानिनेछ, त्यसका लागि भारतले आफ्नै तरिकाले जवाफ दिनेछ ।’

प्रधानमन्त्रीमेटाउन निस्केकाहरू नै मेटिएका बताए । ‘तिनीहरूलाई हामीले माटोमा मिसायौं। जो सोच्थे भारत चुप बस्नेछ, जो आफ्ना हतियारमा घमण्ड गर्थे, आज उनीहरू भग्नावशेषको थुप्रोमा पुरिएका छन्’, उनले भने, ‘मेरा प्रिय देशवासीहरू, यो बदला होइन । यो न्यायको नयाँ रूप हो। यो ‘अप्रेशन सिन्दूर’ हो। यो केवल आक्रोश होइन ।’

उनले राजस्थानको वीरभूमिले भारतवासीलाई देश र देशवासीभन्दा ठूलो केही नहुने सिकाएको बताए । ‘अप्रिल २२ तारिखमा आतंककारीहरूले धर्म सोधी सोधी निर्दोषहरूलाई मारेर सिन्दूर उजाडिदिए’, उनले भने, ‘हमला पहलगाममा भएको थियो, तर त्यसको पीडा पूरै देशले महसुस गर्यो। त्यसपछि देशभर आतंकवादलाई जरैदेखि समाप्त पार्ने अठोट बन्यो । हाम्रो सेनाले दिएको जवाफले पाकिस्तान घुँडा टेक्न बाध्य भयो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ