2026-09-15 11:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमानस्थलको घटनामाथि विस्तृत अनुसन्धान शुरु

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाली नागरिकहरुलाई सेटिङमा विदेश पठाउने र मानव तस्करी गरेको घटनामाथि विस्तृत अनुसन्धान शुरु गरेको छ । दर्ता भएका उजुरीका आधारमा निगरानी र थप केही सूचना संकलन गरेपछि सहसचिव तीर्थराज भट्टराईलाई पक्राउ गरेको भन्दै अख्तियारले अनुसन्धान अधिकृत तोकेर बुधबारदेखि नै विस्तृत अनुसन्धान अघि बढाएको हो ।

‘अनुसन्धान अधिकृत तोकिएलगत्तै उहाँलाई नियन्त्रणमा ल्याएर सोधपुछ गरेका हौं,’ अख्तियार उच्च स्रोतले भन्यो, ‘उहाँ लगायत केहीलाई बिहीबार बिहानैदेखि बयान लिन थालिएको छ । अरु केही कर्मचारी र एजेन्टहरू समेत अनुसन्धानको दायरामा छन् ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बुधबार नियन्त्रणमा लिइएका सहसचिव तीर्थराज भट्टराईलाई केही सोधपुछपछि छाडिएको र बिहीबारदेखि फेरि सोधपुछ शुरु भएको बताए ।

उनका अनुसार, उपकरण लगायतका केही प्रमाणहरू संकलन भइसकेकाले थुनामा राख्नुपर्ने आवश्यकता नभएको हो । उनले भने, ‘रंगेहात घुसको घटना अनि प्रमाण नष्ट गर्नसक्ने अवस्थामा बाहेक कुनै पनि व्यक्तिलाई पक्राउ नगर्ने आयोगको रणनीति नै छ ।’ अख्तियारले आफूकहाँ आउने सूचनालाई प्रारम्भिक रूपमा अनुसन्धान गर्छ । प्रारम्भिक छानबिनपछि उजुरीमा सत्यता देखिएमा अनि भ्रष्टाचार भएको हुनसक्ने आधार भेटेमा आयोगले अनुसन्धान अधिकृत तोकेर विस्तत अनुसन्धान तोक्छ । विमानस्थलको घटनामा अख्तियारले अनुसन्धान अधिकृतहरूको टोली नै गठन गरेर अनुसन्धान अघि बढाएको हो ।

अख्तियारका प्रवक्ता पौडेलले भट्टराई पक्राउ परेको घटना आफूलाई थाहा भए पनि त्यसबाहेक अरु पक्राउ परेकोबारे थप सूचना नआएको बताए । तर अख्तियारसम्वद्ध स्रोतका अनुसार, सहसचिव भट्टराईबाहेक अरु ३ जना व्यक्तिहरू पक्राउ परेका छन् र उनीहरू कर्मचारी होइनन् । ‘उनीहरूमाथि सोधपुछ र केरकार चलिरहेको छ । थप प्रमाणका आधारमा अरुलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने हुनसक्छ,’ अख्तियार स्रोतले भन्यो, ‘त्यसैले हामीले पक्राउ परेका अरुको विवरण गोप्य राखेका छौं ।’

विमानस्थल अध्यागमनका कर्मचारीहरूले दुवई लगायतका मुलुकमा जाने नेपालीहरूलाई भिजिट भिसामा जाने क्रममा कागजात नपुगेको भनी फर्काउने गर्थे । तर, निश्चित मेनपावर र एजेन्टहरूसँगको सेटिङमा आउनेहरूलाई भने सहजै जान दिने गरेको र त्यसबापत एजेन्टहरूले रकम संकलन गर्ने गरेको आरोप छ । तिनै एजेन्टहरूसँगको नियमित सम्पर्क भएको भेटेपछि अख्तियारले सहसचिव भट्टराईलाई पक्राउ गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु