२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय स्वतन्त्र पार्टीले जेठ २३ गतेबाट जनयात्रा सुरू गर्ने,जनयात्रा झापाबाट सुरू हुने

२०८२, ९ जेष्ठ बिहीबार १७:३३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेठ २३ गतेबाट जनयात्रा सुरू गर्ने भएको छ। बिहीबार बसेको जनयात्रा संयोजन समितिको बैठकले झापाको मेचीनगरबाट जनयात्रा सुरू गर्ने निर्णय गरिएको प्रवक्ता निशा डाँगीले जानकारी दिइन्।

उनका अनुसार आज बसेको बैठकले जनयात्राको सन्दर्भमा तीनवटा निष्कर्ष निकालेको छ। पहिलो, जनयात्रा जेठ २३ गतेबाट सुरू गर्ने, दोस्रो जनयात्रा झापाबाटै सुरू गर्ने र तेस्रो जनयात्रालाई स्थानीय स्तरसम्म लैजाने निर्णय गरिएको उनले बताइन्।

‘जनयात्रामा पार्टीका कार्यवाहक सभापति, उपसभापति, महासचिव, सम्बन्धित जिल्लाका सांसदहरू, सम्बन्धित प्रदेश इन्चार्ज सभापति र जिल्ला सभापति लगायत स्थानीय समितिका पदाधिकारी पनि रहनुहुनेछ। झापाबाट अभियान सुरू गरेपछि त्यसक्रममा केन्द्रीय संयोजन समितिकै तर्फबाट केही पालिकामा अभियान लैजानेछौं। केन्द्रीय टोली पुग्न नसकेका पालिकामा स्थानीय समितिहरूले नै अभियानलाई निरन्तरता दिँदै गाउँ–टोलसम्म लैजान सक्नुहुनेछ, त्यही अनुसार योजना बनाइएको छ,’ उनले भनिन्।

उनले सभा, सम्मेलन, कोण सभा भन्दा पनि जनयात्रा समस्या संकलन र समाधानमा केन्द्रित रहने योजना रहेको बताइन्। यद्यपि केन्द्रीय संयोजन समितिका तर्फबाट अभियानको कार्यविधि नै तय गरिएको छ। ‘स्थानीयस्तरमा त्यहाँका नागरिकले व्यहोरिरहेका समस्या, त्यसलाई कसरी समाधान गर्ने भनेर बहस–विमर्श गर्नेछौं। त्यसलाई सूत्रबद्ध गर्दै माग–ध्यानाकर्षणका रूपमा सरकारलाई बुझाउँछौं र सदनमा छलफल पनि गर्छौं पनि,’ उनले भनिन्।

रास्वपाले गत चैत २३ गते चितवनमा जनयात्राको उद्घाटन गरिसकेको छ। पार्टी सभापति रवि लामिछानेले नै अभियानलाई सुरू गर्ने भने पनि उनी चैत २२ गते पक्राउ परी जेल चलान भएका थिए। त्यसपछि रास्वपाले चितवनमा अभियान सुरू गरेर अघि बढाएको थिएन। रास्वपाभित्र पश्चिमबाट जनयात्रा थाल्ने कि पूर्व जाने भन्ने बहस पनि थियो। प्रदेश इन्चार्ज, सांसद र केन्द्रीय नेतासँगको छलफल, परामर्शपछि पूर्वबाटै जनयात्रा थाल्ने निष्कर्ष निकालेको हो।

अभियानको संयोजन गर्ने जिम्मा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई दिइएको छ। उपसंयोजकको जिम्मेवारी डा. तोसिमा कार्कीले पाएकी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी