३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय स्वतन्त्र पार्टीले जेठ २३ गतेबाट जनयात्रा सुरू गर्ने,जनयात्रा झापाबाट सुरू हुने

९ जेष्ठ २०८२, बिहीबार १७:३३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेठ २३ गतेबाट जनयात्रा सुरू गर्ने भएको छ। बिहीबार बसेको जनयात्रा संयोजन समितिको बैठकले झापाको मेचीनगरबाट जनयात्रा सुरू गर्ने निर्णय गरिएको प्रवक्ता निशा डाँगीले जानकारी दिइन्।

उनका अनुसार आज बसेको बैठकले जनयात्राको सन्दर्भमा तीनवटा निष्कर्ष निकालेको छ। पहिलो, जनयात्रा जेठ २३ गतेबाट सुरू गर्ने, दोस्रो जनयात्रा झापाबाटै सुरू गर्ने र तेस्रो जनयात्रालाई स्थानीय स्तरसम्म लैजाने निर्णय गरिएको उनले बताइन्।

‘जनयात्रामा पार्टीका कार्यवाहक सभापति, उपसभापति, महासचिव, सम्बन्धित जिल्लाका सांसदहरू, सम्बन्धित प्रदेश इन्चार्ज सभापति र जिल्ला सभापति लगायत स्थानीय समितिका पदाधिकारी पनि रहनुहुनेछ। झापाबाट अभियान सुरू गरेपछि त्यसक्रममा केन्द्रीय संयोजन समितिकै तर्फबाट केही पालिकामा अभियान लैजानेछौं। केन्द्रीय टोली पुग्न नसकेका पालिकामा स्थानीय समितिहरूले नै अभियानलाई निरन्तरता दिँदै गाउँ–टोलसम्म लैजान सक्नुहुनेछ, त्यही अनुसार योजना बनाइएको छ,’ उनले भनिन्।

उनले सभा, सम्मेलन, कोण सभा भन्दा पनि जनयात्रा समस्या संकलन र समाधानमा केन्द्रित रहने योजना रहेको बताइन्। यद्यपि केन्द्रीय संयोजन समितिका तर्फबाट अभियानको कार्यविधि नै तय गरिएको छ। ‘स्थानीयस्तरमा त्यहाँका नागरिकले व्यहोरिरहेका समस्या, त्यसलाई कसरी समाधान गर्ने भनेर बहस–विमर्श गर्नेछौं। त्यसलाई सूत्रबद्ध गर्दै माग–ध्यानाकर्षणका रूपमा सरकारलाई बुझाउँछौं र सदनमा छलफल पनि गर्छौं पनि,’ उनले भनिन्।

रास्वपाले गत चैत २३ गते चितवनमा जनयात्राको उद्घाटन गरिसकेको छ। पार्टी सभापति रवि लामिछानेले नै अभियानलाई सुरू गर्ने भने पनि उनी चैत २२ गते पक्राउ परी जेल चलान भएका थिए। त्यसपछि रास्वपाले चितवनमा अभियान सुरू गरेर अघि बढाएको थिएन। रास्वपाभित्र पश्चिमबाट जनयात्रा थाल्ने कि पूर्व जाने भन्ने बहस पनि थियो। प्रदेश इन्चार्ज, सांसद र केन्द्रीय नेतासँगको छलफल, परामर्शपछि पूर्वबाटै जनयात्रा थाल्ने निष्कर्ष निकालेको हो।

अभियानको संयोजन गर्ने जिम्मा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई दिइएको छ। उपसंयोजकको जिम्मेवारी डा. तोसिमा कार्कीले पाएकी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली