2026-07-02 12:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ अन्तिम चरणमा

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा भूपू गृहमन्त्री रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको जिकिर गर्दै परेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ अन्तिम चरणमा पुगेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा आज तेस्रो दिनको सुनुवाइ चलिरहेको छ । मंगलबारदेखि लगातार सुनुवाइ भैरहेको यो मुद्दामा अस्ति सरकारी वकिल र रविका कानुन व्यवसायीले बहस गरेका थिए । हिजो पनि रविका तर्फबाट बरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रतिरक्षा गरे ।

हिजो सुनुवाइ नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । आज शुरुमै जाहेरकर्ताका तर्फबाट बहस हुनेछ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले रविलाई जेलमा राख्नुपर्ने तर्क गर्दै वकालत गर्नेछन् । त्यसपछि वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले रविको पक्षमा प्रतिरक्षा गर्नेछन् ।

यो मुद्दामा आजै आदेश आउने सम्भवना छ । रविका तर्फबाट उनकी पत्नी निकिता पौडेलले दिएको बन्दी प्रत्यक्षीकरणको रिट र रवि स्वयम्ले उच्च अदालतको थुनछेक आदेशविरुद्ध गरेको पुनरावेदनलाई एकै ठाउँ राखेर बहस भइरहेको हो । रिटकर्ताको मागदावी बमोजिम अदालतले आदेश गरे सुप्रिम सहकारी घोटालामा दोषी ठहर भइ भैरहवा कारागारमा कैद सजाय काटिरहेका रवि छुट्ने छन् । तर, अदालतले उच्चको आदेश सदर गरे उनको जेल यात्रा थप लम्बिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध