भदौ ७, काठमाडौँ | राष्ट्रवादी विद्यार्थी संघ केन्द्रिय समितिद्धारा आयोजित वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोटेश्वर बहुमुखी क्याम्पसमा आयोजित सो कार्यक्रमको प्रम"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ७, काठमाडौँ | राष्ट्रवादी विद्यार्थी संघ केन्द्रिय समितिद्धारा आयोजित वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोटेश्वर बहुमुखी क्याम्पसमा आयोजित सो कार्यक्रमको प्रम"/>
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रवादी विद्यार्थी संघको वृहत रक्तदान कार्यक्रम

२०७४, ७ भाद्र बुधबार १३:४३

भदौ ७, काठमाडौँ | राष्ट्रवादी विद्यार्थी संघ केन्द्रिय समितिद्धारा आयोजित वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोटेश्वर बहुमुखी क्याम्पसमा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीको प्रमुख आतिथ्यता र राष्ट्रवादी विद्यार्थी संघ केन्द्रिय समितिका सह–महामन्त्री विवेक श्रेष्ठको संयोजत्वमा सम्पन्न भएको हो । सो कार्यक्रममा कोटेश्वर बहुमुखी क्याम्पस र एकिकृत राष्ट्रवादी विद्यार्थी संघमा आवद्ध ९४ जनाले रक्तदान गरेका छन् । 

कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले  रक्तदान भनेको अरुका लागि निस्वार्थ रुपमा गर्ने सामाजिक काम हो । नेपालमा हरेक कुरा लिने र व्यापारीकरण गर्ने व्यक्तिहरुको वाहुल्यता रहेको छ । हाम्रा विद्यार्थी युवाहरुले रक्तदान जस्तो पुन्य कार्य गर्नुभएकामा धन्यवादका साथ आगामी दिनहरुमा थप यस्ता कार्य गर्दै जानुहोस् भन्ने शुभकामना समेत व्यक्त गर्नु भयो । 

यस्तै गरि एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का उपाध्यक्ष तारानाथ लुईटेलले हाम्रो विद्यार्थी संगठनले रक्तदान जस्तो सामाजिक कार्य गर्नुभएको छ । यस्तो सामाजिक कार्य गर्ने हरुका लागि आफूले सर्धै प्रोत्साहन गर्ने प्रतिवद्धताका साथ नेपालका ७५ वटै जिल्लामा यस्ता सामाजिक कार्यको विस्तार गर्न आवश्यक रहेको बताउँनु भयो । 


कार्यक्रमका सभापति एवं राष्ट्रवादी विद्यार्थी संघ केन्द्रिय समितिका सह–महामन्त्री विवेक श्रेष्ठले रक्तदान गर्न आउँनुहुने सम्पूर्ण साथीहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा यस्ता सामाजिक कार्यको निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नु भयो । 

कार्यक्रममा राष्ट्रवादी विद्यार्थी संघको केन्द्रिय अध्यक्ष उज्जल पोखरेल, वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र गजुरेल, उपाध्यक्ष मनोज नेपाल, उपाध्यक्ष रीना खत्री, महामन्त्री लेलिन शर्मा, महामन्त्री शुसेन पोखरेल, प्रवक्ता रविन थापा, केन्द्रिय सदस्य दिपेन्द्र अधिकारी लगायतका व्यक्तिहरु सहभागी भएका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै