2026-09-14 03:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिसाको नाममा विदेश पठाउने गिरोहको ‘कनेक्सन’ गृह मन्त्रालयसम्मै – के गर्दै छ कांग्रेस ?

काठमाडौँ । गृह मन्त्रालयकै सेटिङमा भिजिट भिसाको नाममा विदेश पठाउने गिरोहको ‘कनेक्सन’ गृह मन्त्रालयसम्मै पुगेको विषयले अहिले राजनीतिक तरंग सिर्जना गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईसहित चार जनालाई नियन्त्रणमा लिएर छाडेको थियो ।अहिले पनि तीन जना नियन्त्रणमै रहेका छन् । उनीहरुलाई भट्टराईले नै प्रयोग गरेको स्रोतको दाबी छ । खगेन्द्र सुुवेदी, कविता पौडेल र बालकृष्ण बस्नेतलाई नियन्त्रणमा लिइएको छ । आयोगका अधिकारीले उनीहरुको कम्प्युटर, मोबाइललगायत जफत गरेर अनुसन्धान थालेको जनाइएको छ ।

भिजिट भिसामा जाने नेपालीहरुसँग कम्तिमा पनि ५० हजारदेखि तीन लाख रुपैयाँसम्म असुल गरेको पाइएको छ । उक्त गिरोहको ‘कनेक्सन’ गृह मन्त्रालयसम्मै पुगेको बताउँदै रमेश लेखकको समेत संलग्नतामा यो काम भएको भन्दै चर्को आलोचना भएको छ । भट्टराईलाई विमानस्थलमा मन्त्री लेखकले नै पठाएको उल्लेख गर्दै अख्तियारले छापा मार्ने सुइँको पाएपछि उनलाई हतार हतारमा गृह मन्त्रालयमा तानिएको थियो । यसले पनि माथिल्लो निकायसम्म मिलेमतो रहेको प्रष्ट हुने गृहकै एक अधिकारी बताउँछन् ।

अख्तियारका एक अधिकारीले कुराकानीमा भने, “हामीले एकदमै गोप्य तरिकाले अनुसन्धान जारी राखेका छौँ । अहिलेसम्म जे जति कुराहरु बरामद भएका छन् । त्यसबाट केही खुल्दै जाने सम्भावना देखिन्छ ।” तर गृहमन्त्री लेखकले भने अहिलेसम्म मुख खोलेका छैनन् ।

कांग्रेसले पनि अहिलेसम्म औपचारिकरुपमा केही बोलेको छैन । तर कांग्रेसका नेता तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले यतिधेरै प्रश्न उठेपछि संसद्मै पनि जवाफ दिनुपर्ने बताए ।

“यो विषय उठिसक्यो,” उनले भने, “संसद्मै जवाफ दिँदा उचित हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ