2026-09-15 10:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रूस विश्वका प्रमुख हतियार निर्यातकर्तामध्ये अग्रस्थानमा छ :राष्ट्रपति पुटिन

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देश अझै पनि विश्वका प्रमुख हतियार निर्यातकर्तामध्ये अग्रस्थानमा रहेको बताएका छन्।

शुक्रबार आयोजित एक उच्चस्तरीय बैठकमा सम्बोधन गर्दै उनले रुसीी सैनिक उपकरण र हतियारप्रति अन्तर्राष्ट्रिय बजार माअझै उल्लेखनीय माग देखिएको दाबी गरेका हुन्। उनले भने, ‘रुसले अझै पनि विश्वको हतियार बजारमा शीर्ष पाँच राष्ट्रको स्थानमा आफूलाई राख्न सफल भएको र धेरै क्षेत्रमा प्रमुख निर्यातकर्ताका रूपमा अग्रसर छ।’

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति पुटिनले यो मन्तव्य सैनिक-प्रविधिक सहकार्यसम्बन्धी बैठकमा दिएका हुन्। टेलिभिजनमार्फत प्रसारित सम्बोधनमा उनले सन् २०२४ मा रुसले प्रायः सबै हतियार निर्यातसम्बन्धी प्रतिबद्धता पूरा गरेको बताए।

उनले थपे , ‘रुसी सैन्य उत्पादनको माग निकै उच्च रहेको र हाल अर्बौँ डलर बराबरको अर्डर छ।’ उनले सम्बन्धित सरकारी निकायलाई हतियार निर्यातमा वृद्धि गर्न आवश्यक नीतिगत पहल तथा राज्यीय समर्थन कार्यक्रम अघि बढाउन निर्देशन पनि दिए।

राष्ट्रपतिले पुटिनले भने, ‘रुसी सैनिक उपकरण तथा हातहतियारूमा निरन्तर सुधार भइरहेको छ र देशको सैन्य-औद्योगिक क्षेत्रको मुख्य दायित्व भनेको रुसको विशेष सैन्य अभियानलाई आवश्यक सामग्रीको भरपर्दो आपूर्ति गर्नु हो।’

यस क्रममा उनले रुसी उत्पादनको गुणस्तर र कार्यक्षमताले अन्तर्राष्ट्रिय बजारमा विश्वास जितिरहेको र यसले गर्दा निर्यात विस्तारको सम्भावना अझ बलियो हुँदै गएको जिकिर गरे।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु