2026-09-15 10:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

यमनमा अमेरिकी आक्रमणबाट ‘अलकायदा’का सदस्य मारिए

संयुक्त राज्य अमेरिकाले दक्षिणी यमनमा गरेको आक्रमणमा नौ जना अलकायदा समूहका सदस्यको मृत्यु भएको यमनी सुरक्षा स्रोतले शनिबार जानकारी गराएको छ ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त एडेनमा रहेको अब्यान प्रान्तका एक अधिकारीले आक्रमणमा एक स्थानीय नेतासहित समूहका नौ सदस्यको मृत्यु भएको बताएका छन् ।

उत्तर खबर अल–मराक्सामा शुक्रबार साँझ आक्रमण भएको रअलकायदाले प्रयोग गर्ने पहाडी क्षेत्रका विभिन्न स्थानमा आक्रमण भएको सुरक्षा अधिकारीले बताएका छन् ।

एक स्थानीय आदिवासीले एएफपीसँग भने, “मैले आक्रमणस्थलमा एउटा जलेको कार र पाँच जना जलेको शव देखेको थिए।”

यसअघि आक्रमणमा मारिएका अलकायदाका पाँच सदस्यको प्रारम्भिक मृत्यु भएको पुष्टि गर्ने अर्का एक सुरक्षा अधिकारीले पनि मारिएकाको नाम अज्ञात भए पनि मृतकमध्ये समूहका एक स्थानीय नेता रहेको अनुमान गरिएको बताएका थिए ।

वासिङ्टनले कुनै समय अरब प्रायद्वीपमा अलकायदा (एक्यूएपी) भनिने उक्त समूहलाई लडाकू सञ्जालको सबैभन्दा खतरनाक शाखाको रुपमा लिएको थियो ।

सन् २००९ मा अलकायदाका यमनी र साउदी समूहहरूको विलयबाट जन्मिएको एक्यूएपी यमन युद्धको अराजकतामा विकसित भयो जसले सन् २०१५ देखि इरान समर्थित हुथी विद्रोहीहरूलाई साउदी नेतृत्वको गठबन्धनविरुद्ध खडा गरेको छ।

यस महिनाको सुरुमा संयुक्त राज्य अमेरिकाले हुथी विद्रोहीहरूसँग युद्धविराम गर्न सहमत भएको थियो जसले एक दशकभन्दा बढी समयदेखि यमनको ठूलो भूभागमा नियन्त्रण जमाएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु