१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेपत्ता व्यक्तिका परिवारलाई न्याय दिनेगरी काम गर्ने आयोगको प्रतिबद्धता

१३ जेष्ठ २०८२, सोमबार १२:३०
काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गड्तौताले बेपत्ता पारिएका व्यक्तिको परिवारलाई न्याय हुनेगरी बेपत्ताको खोजी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सशस्त्रद्वन्द्वका पीडित परिवारसँग भएको भेटमा उहाँले भन्नुभयो, “हामीले पीडित परिवारलाई चित्त बुझ्ने गरी, न्याय हुनेगरी खोजतलास गरी यदि द्वन्द्वकै समयमा बेपत्ता भएको, के कारणले, कसले, किन बेपत्ता बनाएको हो ? भन्ने कुरा पत्ता लगाएपछि पीडितलाई न्याय हुने गरी परिपूरणको निम्ति सिफरिस गरिन्छ ।”
उहाँले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य विरूपण तथा मेलमिलाप आयोग ऐन–२०७१’ बमोजिम विनियमावलीको निम्ति प्रारम्भिक मस्यौदा तयारी भएको जानकारी दिनुभयो । विनियिमावलीलाई सर्वमान्य बनाउन मस्यौदामाथि द्वन्द्वपीडित परिवारसँग छलफलपछि मात्रै पूर्णता दिने अध्यक्ष गड्तौलाको भनाइ छ ।
“सङ्क्रमणकालीन न्याय भनेको पीडित केन्द्रित हुनुपर्छ, पीडितमैत्री हुनुपर्छ, सङ्क्रमणकालीन न्यायको भावनाअनुसार काम गर्ने हो, त्यसैले नियमावलीमा पीडितको सुझाव अनिवार्य छ”, उहाँले भन्नुभयो ।
अहिलेसम्म आयोगले गरेका कामको समीक्षा गर्दै अगाडि बढ््ने गरी आयोगले कार्ययोजना पनि तयार गरेको छ । उहाँले भन्नुभयो, “बेपत्तासम्बन्धी ऐनमा कार्यसमिति नियुक्त भएको तीन महिनाभित्र उजुरी दिन पाउने व्यवस्था छ, त्यो व्यवस्था बमोजिम हामीले सूचना प्रकाशन गरिसकेका छौँ, आउँदो भदौको ५ गतेसम्म म्याद छ, यो तीन महिनाभित्रमा उजरी आएपछि न्यायपूर्ण ढङ्गले काम गर्ने योजना छ ।”
अध्यक्ष गड्तौलाले २०८१ साल भदौमा ऐनको तेस्रो संशोधन गरी सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउने गरी व्यवस्था गरिएको बताउनुभयो । द्वन्द्वपीडित सुरक्षाकर्मी सङ्घका अध्यक्ष हेमकुमारी घर्ती मगरले पीडित परिवारलाई न्याय हुने गरी काम गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल