2026-09-14 02:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

युक्रेनमा ड्रोन आक्रमणपछि ट्रम्पद्वारा पुटिनको आलोचना

मस्कोले युक्रेनविरुद्ध ड्रोनको घातक प्रहार गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनको आलोचना गर्नुभएको छ ।

स्थानीय समय अनुसार आइतबार राति उक्त घटनालाई राष्ट्रपति ट्रम्पले उक्त घटनालाई ‘मूर्खता’ को संज्ञा दिनुभएको छ । रुसले युक्रेनविरुद्ध आइतबार राति गरेको ड्रोन प्रहारबाट कम्तीमा १३ जनाको मृत्यु भएको थियो ।

“रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मेरो सधैँ राम्रो सम्बन्ध छ, आइतबारको व्यापक आक्रमणले उहाँलाई केही न केही भएकोजस्तो देखियो । यो बिल्कुल पागलपन हो।” ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा गरेको एक पोस्टमा भन्नुभएको छ ।

उहाँले भन्नुभयो, “मैले सधैँ भन्ने गरेको छु पुटिन युक्रेनको एक टुक्रा मात्र होइन, सम्पूर्ण भाग चाहनुहुन्छ । सायद यो सही साबित भइरहेको छ तर यदि उहाँले त्यसो गर्नुभयो भने यसले रूसको पतन निम्त्याउँछ।”

पछिल्लो समय दुर्लभ रूपमा पुटिनको आलोचना गर्ने गरेका ट्रम्पको टिप्पणीले मस्कोको आक्रमणले अमेरिकी नेताले किएभसँगको गतिरोधपूर्ण युद्धविराम वार्तामा मस्कोको अडानप्रति बढ्दो निराशा व्यक्त गरेको देखिएको छ ।

यसअघि आइतबार ट्रम्पले युक्रेनमा भएको पछिल्लो आक्रमणबाट आफू ‘खुसी नभएको’ र मस्कोमाथि थप प्रतिबन्ध लगाउनेबारे आफू ‘पूर्णरुपमा’ विचार गरिरहेको बताउनुभएको थियो ।

राष्ट्रपति ट्रम्पले भन्नुभयो, “मैले उनलाई लामो समयदेखि चिनेको छु, सधैं उहाँसँग घुलमिल भइरहन्छु, तर उहाँले शहरमा रकेट पठाउँदै छन् र मानिसहरूलाई मारिरहेका छन्, र मलाई यो पटक्कै मन परेको छैन।”

– ‘आतङ्क’ –

युक्रेनको आपतकालिन सेवाले राजधानी किएभसहित लगातार दोस्रो रात रुसले गरेको हवाई आक्रमणपछि देशमा ‘आतङ्कको वातावरण’ सिर्जना भएको जनाएको छ ।
रुसको पछिल्लो आक्रमणमा उत्तर–पश्चिमी क्षेत्र झितोमिरमा मारिएकामध्ये तीन जना ८, १२ र १७ वर्षका बालबालिका रहेको अधिकारीहरुले बताएका छन् । रूसको पछिल्लो व्यापक आक्रमणपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा भन्नुभएको छ, “रुसी नेतृत्वमाथि कडा दबाब बिना यो क्रूरता रोक्न सकिंदैन ।” उहाँले भन्नुभयो, “प्रतिबन्धले पक्कै पनि रूसलाई वार्तामा बस्न मद्दत गर्नेछ । अमेरिका र विश्वका अन्य मुलुकको मौनताले पुटिनलाई प्रोत्साहन मात्र गर्छ ।”

आफ्नो सामाजिक सञ्जाल पोस्टमा ट्रम्पले जेलेन्स्कीको पनि आलोचना गर्नुभएको छ, “उहाँकोे आवेगले उहाँले देशलाई कुनै फाइदा गर्दैन।” “उहाँको मुखबाट निस्कने मलाई यो मन पर्दैन र यो बन्द गर्नु राम्रो हुन्छजस्ता सबै कुराले समस्या निम्त्याउँछ,” राष्ट्रपति ट्रम्पले भन्नुभयो । यसैबीच, युरोपेली सङ्घका उच्च कूटनीतिज्ञ काजा कल्लासले पनि यो युद्ध रोक्न रुसमाथि कडा भन्दा कडा अन्तर्राष्ट्रिय दबाब दिन आग्रह गर्नुभएको छ ।” उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “गत रातिको आक्रमणले रुसले युक्रेनलाई थप दुःख दिन चाहेको र युक्रेनको विनाशमा झुकेको देखाएको छ ।”

– प्रतिबन्धको आह्वान –

जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले पनि आक्रमणको निन्दा गर्नुभएको छ । “पुटिन शान्ति चाहँनुहुन्न, उहाँ युद्ध जारी राख्न चाहहनुहुन्छ तर हामीले उहाँलाई त्यसो गर्न दिनु हुँदैन”, वाडेफुलले भन्नुभयो, “यसैकारण हामी युरोपेली स्तरमा थप प्रतिबन्धहरू अनुमोदन गर्नेछौँ।” युक्रेनको सेनाले आइतबार ४५ वटा रुसी क्षेप्यास्त्र र २६६ वटा आक्रमणकारी ड्रोन खसालेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ