३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजाको विद्यालय क्षेत्रमा भएको इजरायली आक्रमणमा ५२ जनाको मृत्यु

१३ जेष्ठ २०८२, सोमबार १५:४७

गाजामा शरणार्थीहरु बसोबास गरिहको एक विद्यालयलगायतका स्थानमा सोमबार भएको इजरायली आक्रमणमा कम्तिमा ५२ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् ।

गाजाका नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासलले भन्नुभयो, “विद्यालयमा भएको आक्रमणमा कम्तिमा ३३ जना मारिएका र उनीहरुमध्ये अधिकांश बालबालिका भएको बताउनुभएको छ ।”

उहाँका अनुसार सयौं मानिसहरू शरण लिइरहेको ‘फाहमी अल–जरजावी स्कूल’मा भएको आक्रमणमा ३३ जनाको मृत्यु भएको र ६० जनाभन्दा बढी घाइते भएका छन् ।

त्यसैगरी, उत्तरी गाजा पट्टीको जबालिया शहरमा रहेको अब्द रब्बो परिवारको घरलाई लक्षित गरी आज बिहान लडाकू विमानले आक्रमण गर्दा कम्तीमा १९ जनाको मृत्यु भएको बासलले बताउनुभयो ।

इजरायलले आफ्नो गाजा आक्रमणलाई विस्तार गरेको छ र हमासको पराजयको उद्देश्यको रूपमा दशौं हजार पूर्व सैनिक तथा सुरक्षकर्मीलाई सक्रिय बनाएको छ।

गाजा पट्टीमा लगभग तीन महिनाको मानवीय आपूर्तिको नाकाबन्दीपछि हिंसाको तीव्रताले इजरायलविरूद्ध अन्तर्राष्ट्रियस्तरमा आलोचना भइरहेको छ ।

गत हप्ता म्याड्रिडमा विश्वका नेताहरूले युद्धको अन्त्यका लागि आह्वान गरेका थिए भने मानवीय संस्थाहरूले उपलब्ध सहयताले गाजामा भोक र स्वास्थ्यको सङ्कट रोक्न पर्याप्त नभएको बताएका छन् ।

इजरायली सेनाले ‘फाहमी अल–जरजावी’ स्कूलमा हमास र इस्लामिक जिहादको कमान्ड र नियन्त्रणको केन्द्रभित्र काम गर्ने प्रमुख आतङ्ककारीहरूलाई आक्रमण गरेको बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अभियानमा इजरायललाई गरेको समर्थन सकेसम्म चाँडो रोक्ने बताउनुभएको छ ।

यस्तै अरब र युरोपेली राष्ट्रहरूलाई द्वन्द्वको अन्त्यका लागि स्पेनका विदेश मन्त्री जोसे म्यानुएल अल्बारेजले इजरायलमाथि हतियार प्रतिबन्ध लगाउन आह्वान गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली