2026-07-25 06:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिसा प्रकरण भ्रष्टाचार मात्रै नभई मानव तस्करीको विषय हो :रास्वपा सांसद पराजुली

काठमाडौँ । रास्वपा सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरण भ्रष्टाचारको मात्रै नभई मानव तस्करीको विषय भएकाले गम्भीर भएर छानबिन हुनुपर्ने बताएका छन् । मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पराजुलीले मानव तस्करी भइरहेको उजुरीको अनुसन्धान नगरेर गृह प्रशासनले त्यसलाई प्रश्रय दिएको आरोप समेत लगाए ।

अध्यागमनबाट भिजिट भिसामार्फत नेपालीहरूलाई बेच्ने प्रकरणमा राज्यको निकायहरू नै जोडिएकाले गृहमन्त्री रमेश लेखकको राजीनामा केवल नैतिकताको विषयमात्रै हुन नसक्ने उनले बताए ।

सांसद पराजुलीले भिजिट भिसामार्फत मानव तस्करीको विषयमा अख्तियारले छानबिन प्रक्रिया अघि बढाएर अध्यागमनका कर्मचारीलाई पक्राउ गर्न खोज्दा गृह मन्त्रालयले दोषी देखिएका कर्मचारीलाई बचाउनका लागि रातारात सरुवा गर्ने काम गरेको आरोप लगाए ।

गृहमन्त्री लेखकलाई दोषीसँग जोडेर हेर्ने शङ्काको दायरा फराकिलो भएकाले राजीनामा दिन लगाएर अनुसन्धानको घेरामा ल्याउनुपर्ने उनले बताए । पराजुलीले उक्त प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरेर सत्य तथ्य छानबिन गर्ने र दोषीलाई कडा कारवाही हुनुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक