2026-09-15 10:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मोहन सिटौला व्यष्टि र समष्टि’ विमोचित

काठमाडौँ । वरिष्ठ साहित्यकार एवं शिक्षाविद् मोहन सिटौलाको जीवनमा आधारित रहेर शारदा मासिकले प्रकाशित गरेको ‘मोहन सिटौला व्यष्टि र समष्टि’ विमोचित भएको छ ।
आज यहाँ आयोजित कार्यक्रममा पुस्तक विमोचन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीले पुस्तकले सिटौलाको योगदानको ध्यानाकर्षण गराउन मद्दत पुग्ने बताउनुभयो ।
कार्यक्रममा पुस्तक समीक्षा गर्दै प्राडा देवी नेपालले पाँच खण्डमा विभाजित पुस्तकमा ५० नेपालीमा, चार अङ्ग्रेजीमा र चार शुभकामनासहितका गरी ५८ लेखकका लेख रहेको भन्दै हरेक व्यष्टि (अंश) मिलेर समष्टि (पूर्ण) भएको जानकारी दिनुभयो । लेखकहरूले सिटौलालाई ‘नयाँ मुलुकका नाद’, बहुप्रतिभाका धनी, सिद्धिसुधा, चुचुरोका मान्छे, पीडाका पहाड फोर्दै उज्यालो रोप्ने, महारथी, विश्वमानव लगायतका उपमा दिएका छन् ।
कार्यक्रममा अर्का समीक्षक प्राडा हेमराज पौडेलले सिटौलाको जन्मदेखि पारिवारिक पृष्टभूमि छर्लङ्ग पार्नुभएको थियो । आफैँ लेखक रहेका अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष एवं पूर्वक्याम्पस प्रमुखसमेत रहेका सिटौलाका ११ पुस्तक प्रकाशित छन् । ८२ वर्षको उमेरमा थप सक्रिय रहेर साहित्यका लागि निरन्तर लागिपरेका सिटौला पुस्तक विमोचन हुँदा अमेरिकामा रहेकाले त्यहीँबाटै सम्बोधन गर्नुभएको थियो । पुस्तकको सम्पादन शारदाका प्रकाशक–सम्पादक विमल भौकाजीले गर्नुभएको हो । पुस्तक मोहन सिटौलालाई चिनाउने मात्र नभई देशभरको सिटौला समाजको प्रतिनिधि पुस्तक भएको दाबीसमेत गरिएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु