३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पको विलयको खतराबीच राजा चार्ल्सले क्यानाडाको संसद्मा मार्क कार्नीको प्राथमिकताहरूको रूपरेखा दिने

१४ जेष्ठ २०८२, मंगलवार १६:०२
राजा चार्ल्स तृतीयले मङ्गलबार क्यानाडाको संसद्मा नयाँ प्रधानमन्त्री मार्क कार्नीको सरकारका प्राथमिकताहरूको रूपरेखा प्रस्तुत गर्नुहुनेछ । यसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विलय धम्कीहरूका सामना गर्ने समर्थनका रूपमा व्यापक रूपमा हेरिएको छ ।
अमेरिकाले क्यानाडालाई विलय गर्ने ट्रम्पको बारम्बार सुझावले प्रधानमन्त्री कार्नीलाई चार्ल्सलाई सिंहासनबाट भाषण दिन आमन्त्रणा गर्न प्रेरित गर्‍यो । राजा क्यानाडाको राष्ट्र प्रमुख हुनुहुन्छ । क्यानाडा पूर्व उपनिवेशहरूको ब्रिटिश राष्ट्रमण्डलको सदस्य हो ।
कार्नीले एक वक्तव्यमा यो भ्रमणले ‘हाम्रो संवैधानिक राजतन्त्र र हाम्रो विशिष्ट पहिचानको जीवन्तता’ को कुरा गरेको बताउनुभयो ।
क्यानाडामा राजाले सिंहासनबाट भाषण दिनु दुर्लभ छ । चार्ल्सकी आमा रानी एलिजाबेथ द्वितीयले आफ्नो ७० वर्षको शासनकालमा दुई पटक मात्र यस्तो गर्नुभएको थियो र उहाँले अन्तिम पटक सन् १९७७ मा भाषण गर्नुभएको थियो ।
यो भाषण राजा वा उहाँका बेलायती सल्लाहकारहरूले लेखेका छैनन् किनकि चार्ल्सले निष्पक्ष राष्ट्र प्रमुखका रूपमा सेवा गर्नुहुन्छ । उहाँले क्यानाडा सरकारले उहाँको अगाडि राखेको कुरा पढ्नु हुनेछ ।
नयाँ प्रधानमन्त्री एवं बैंक अफ इङ्गल्यान्डका पूर्व प्रमुख कार्नी तथा क्यानाडामा राजाकी प्रतिनिधि एवं क्यानाडाकी पहिलो आदिवासी गभर्नर जनरल मेरी साइमनले सोमबार राजासँग भेट गर्नुभयो ।
क्यानाडालीहरू राजतन्त्रप्रति धेरै उदासीन छन्, तर कार्नी क्यानाडा र संयुक्त राज्य अमेरिकाबीचको भिन्नता देखाउन उत्सुक हुनुहुन्छ । राजाको भ्रमणले स्पष्ट रूपमा क्यानाडाको सार्वभौमसत्तालाई जोड दिने उहाँले बताउनुभयो ।
कार्नीले ट्रम्पले देखाएको बढ्दो आक्रामकताको सामना गर्ने वाचा गरेर प्रधानमन्त्रीको पद जित्नुभएको थियो ।
क्यानाडाका नयाँ अमेरिकी राजदूत पिट होएकस्ट्राले अमेरिकालाई सन्देश पठाउनु आवश्यक नभएको र क्यानाडालीहरूले ५१औँ राज्यको कुराकानीबाट अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले क्यानाडाली प्रसारण निगमलाई यदि कुनै सन्देश पठाउनुपर्छ भने उहाँलाई कल गर्ने वा राष्ट्रपतिलाई कल गर्ने जस्ता सजिलो तरिकाहरू रहेको बताउनुभयो ।
घोडसवार गाडीले राजा र रानीलाई भाषणका लागि क्यानडाको सिनेट भवनमा लैजानेछ । यसमा २८ वटा घोडा हुनेछन्–१४ वटा अघि र १४ वटा पछि । राजाले आफ्नो भाषणका लागि च्याम्बरमा प्रवेश गर्नुअघि रोयल क्यानेडियन रेजिमेन्टको तेस्रो बटालियनबाट एक सय जनाको गार्ड अफ अनरबाट रोयल सेल्युट प्राप्त गर्नुहुनेछ ।
भाषण र क्यानाडाको राष्ट्रिय युद्ध स्मारकको भ्रमणपछि राजा बेलायत फर्कनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली