३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजा युद्ध सन्दर्भमा नेतान्याहुको बन्धक रिहाइको प्रतिबद्धता

१४ जेष्ठ २०८२, मंगलवार १६:२५
काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले जीवित र मृतक सबै बन्धकहरूलाई स्वदेश फर्काउने प्रतिबद्धता जनाउनुभएको छ । उहाँको यो भनाइ १० इजरायली बन्धकको रिहाइसहित प्रस्ताव गरिएको ७० दिन लामो युद्धविरामसम्बन्धी बहसबीच आएको हो ।
इजरायलले गाजामा आक्रमण तीव्र बनाउँदै लगेका बेला अन्तर्राष्ट्रिय समुदायबाट आलोचना बढेको छ । लामो नाकाबन्दीपछि गाजामा मानवीय सहायता प्रवाह पुनः सुरु गरिएको जनाइएको छ ।
सन् २०२३ को अक्टोबरमा हमासको आक्रमणमा २५१ जना इजरायलीहरू अपहरणमा परेका थिए, जसमा हालसम्म ५७ जना गाजामा छन् र ३४ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ ।
सोमबार गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा ३३ जनाको मृत्यु भएको र कैयौँ घाइते भएको नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासलले जानकारी दिनुभएको छ । अर्काे आक्रमणमा जबालिया क्षेत्रमा थप १९ जनाको मृत्यु भएको छ । इजरायली सेनाले हमास र इस्लामिक जिहादका उच्च नेताहरू लक्षित गरी आक्रमण गरिएको दाबी गरेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली