२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पुटिन ‘आगोसँग खेलिरहनुभएको छ’: अमेरिकी राष्ट्रपति ट्रम्प

२०८२, १५ जेष्ठ बुधबार १२:१७
वासिङ्टनले युक्रेन युद्धलाई लिएर मस्कोविरुद्ध नयाँ प्रतिबन्धबारे विचार गरिरहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार रुसी भ्लादिमिर पुटिनलाई ‘आगोसँग खेलिरहनुभएको’ चेतावनी दिनुभएको छ ।  ट्रम्पको यो पछिल्लो आक्रमणले युद्धविराम वार्ताहरू ठप्प भएकामा उहाँको निराशा देखाएको छ र यो टिप्पणी युक्रेनमा ठूलो ड्रोन आक्रमणपछि उहाँले पुटिनलाई ‘पूर्ण रूपमा पागल’ भनेको दुई दिनपछि आएको हो ।
सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण गर्ने मस्कोले आफ्ना नागरिकहरूमाथि बढ्दो युक्रेनी आक्रमणको जवाफ दिँदै किएभले शान्ति प्रयासलाई ‘अवरोध’ गर्ने प्रयास गरेको आरोप लगाएको छ । हालैका हप्ताहरूमा युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासहरू तीव्र भएका छन् तर पुटिनमाथि शान्ति वार्ता अवरुद्ध गरेको आरोप लगाइएको छ । “भ्लादिमिर पुटिनलाई के थाहा छैन भने यदि यो मेरो लागि नभएको भए, रूसमा धेरै नराम्रा कुराहरू भइसकेका हुन्थे, र मेरो मतलब साँच्चै नराम्रो हो । उहाँ आगोसँग खेलिरहनुभएको छ !”, ट्रम्पले आफ्नो ट्रुथ सोसल नेटवर्कमा भन्नुभयो ।
ट्रम्पले ती ‘साँच्चै नराम्रा’ कुराहरू के थिए भनेर स्पष्ट पार्नुभएन । तर वाल स्ट्रिट जर्नल र सिएनएन दुवैले ट्रम्पले अब यो हप्ता नै नयाँ प्रतिबन्धहरू बारे विचार गरिरहनुभएको बताएका छन् । ट्रम्पले आइतबार पत्रकारहरूलाई ‘पूर्ण रूपमा’ यस्तो कदम तौलिरहेको बताउनुभयो ।
– उत्तेजक –
ह्वाइट हाउसले ट्रम्पले ‘सबै विकल्प’ खुला राखेको बताएको छ । “यो युद्ध जो बाइडेनको गल्ती हो र राष्ट्रपति ट्रम्प वार्ताको शान्ति सम्झौता हेर्न चाहेकामा स्पष्ट हुनुहुन्छ । राष्ट्रपति ट्रम्पले बुद्धिमानीपूर्वक सबै विकल्पहरू टेबलमा राख्नुभएको छ”, प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले भन्नुभयो । ट्रम्पका डेमोक्रेटिक पूर्ववर्ती बाइडेनले रुसको आक्रमणपछि व्यापक प्रतिबन्धहरू लगाउनुभएको थियो । ट्रम्पले अहिलेसम्म रुसी बैंकहरूमाथि आफूले भनेअनुसार ‘विनाशकारी’ प्रतिबन्ध लगाउनसक्ने कुरालाई बेवास्ता गर्नुभएको छ ।
तर ट्रम्पका हालका फटकारहरूले पुटिनप्रतिको उहाँको पहिलेको मनोवृत्तिबाट तीव्र परिवर्तन देखाएको छ । ट्रम्प प्राय पुटिनका बारेमा प्रशंसाका साथ बोल्नुहुन्छ । आफूले २४ घण्टाभित्र समाधान गर्न सक्छु भनेको युद्ध अन्त्य गर्न असफल भएकोमा उहाँको निराशा सप्ताहन्तमा रुसको ड्रोन आक्रमणले कम्तीमा १३ जनाको ज्यान लिएपछि फुटेको थियो । “मेरो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सधैँ राम्रो सम्बन्ध रहेको छ तर उहाँमा केही भएको छ । उहाँ पूर्ण रूपमा पागल हुनुभएको छ !”, ट्रम्पले पोस्ट गर्नुभयो ।
पुटिन तुरुन्तै वार्ता सुरु गर्न सहमत भएको भन्दै ट्रम्पले आठ दिनअघि फोन गरे पनि रुसले आक्रमण जारी राखेको छ । मस्कोले मङ्गलबार ट्रम्पको टिप्पणीमा प्रतिक्रिया दिएन, तर यसले पहिले गतिरोधका लागि युक्रेनलाई दोष दिन खोज्यो । “किएभले केही युरोपेली देशको समर्थनमा रुसले सुरु गरेको वार्तालाई विफल पार्न शृङ्खलाबद्ध उत्तेजक कदम चालेको छ”, रूसी रक्षा मन्त्रालयले भन्यो । युक्रेनी ड्रोन हमलामा महिला र बालबालिका सहित नागरिकहरू घाइते भएका छन् । रूसी हवाई सुरक्षाले मे २० देखि २७ को बीचमा दुई हजार तीन सय ३१ युक्रेनी ड्रोन नष्ट गरेको छ । बुधबार राति पनि नयाँ ड्रोन आक्रमणहरू रिपोर्ट गरिएको थियो । रुसी अधिकारीहरूले करिब एक सय ५० युक्रेनी ड्रोनहरू रोकेका थिए । तीमध्ये ३३ मस्कोतर्फ जाँदै थिए ।
– अनन्त प्रतीक्षा –
युक्रेनले नागरिकहरूलाई लक्षित गर्ने रुस नै भएको बताएको छ । “हामीले यो अनन्त प्रतीक्षा अन्त्य गर्नुपर्छ –– रुसलाई थप प्रतिबन्धहरू चाहिन्छ”, युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका चिफ अफ स्टाफ एन्ड्री येर्माकले मङ्गलबार टेलिग्राममा भन्नुभयो । अमेरिकी सांसदहरूले ट्रम्पलाई रुसमाथि प्रतिबन्ध लगाउन आग्रह गरेका छन् । वरिष्ठ रिपब्लिकन सिनेटर चक ग्रास्लीले पुटिनलाई ‘खेल समाप्त’ भएको जानकारी गराउन कडा उपायहरू अपनाउन आह्वान गर्नुभयो । अन्य दुई सिनेटर रिपब्लिकन लिन्डसे ग्राहम र डेमोक्रेट रिचर्ड ब्लुमेन्थलले पनि रूसी तेल, ग्यास र कच्चा माल खरिद गर्ने देशहरूमा भारी ‘द्वितीयक’ प्रतिबन्ध लगाउन आह्वान गर्नुभएको छ ।
ट्रम्पका युक्रेन दूत किथ केलोगले फक्स न्युजलाई भन्नुभयो, “रुस र युक्रेनबीचको अर्को शान्ति वार्ता, यदि हुन्छ भने, सम्भवतः जेनेभामा हुनेछ किनभने मस्कोले भ्याटिकनलाई स्थानका रूपमा अस्वीकार गरेको छ ।” त्यसपछिको लक्ष्य ट्रम्प, पुटिन र जेलेन्स्कीलाई सँगै ल्याएर ‘यो कुरालाई समाधान गर्ने’ हुने उहाँले बताउनुभयो । स्विस सरकारले वार्ताको आयोजना गर्ने पुष्टि गरेको छैन । “स्विट्जरल्यान्ड आफ्नो राम्रो कार्यालयहरू प्रस्ताव गर्न तयार छ”, विदेश मन्त्रालयले भन्यो, “यो सबै पक्षहरूसँग सम्पर्कमा छ ।”
रुस र युक्रेनले मे महिनाको सुरुमा इस्तानबुलमा तीन वर्षभन्दा बढी समयपछि पहिलो पटक प्रत्यक्ष वार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै