भदौ ९, काठमाडौँ | मधेशमा पहिलो हुने दावी गरेको माओवादी केन्द्रले असोज २ गते हुने प्रदेश नम्बर २ को निर्वाचनको लागि भदौ १३ गतेभित्र सबै उम्मेदवारको टुंगो लगाईसक्न"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, काठमाडौँ | मधेशमा पहिलो हुने दावी गरेको माओवादी केन्द्रले असोज २ गते हुने प्रदेश नम्बर २ को निर्वाचनको लागि भदौ १३ गतेभित्र सबै उम्मेदवारको टुंगो लगाईसक्न"/>
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश २ को निर्वाचनको लागि माओवादीको यस्तो छ तयारी

२०७४, ९ भाद्र शुक्रबार ०६:२२

भदौ ९, काठमाडौँ | मधेशमा पहिलो हुने दावी गरेको माओवादी केन्द्रले असोज २ गते हुने प्रदेश नम्बर २ को निर्वाचनको लागि भदौ १३ गतेभित्र सबै उम्मेदवारको टुंगो लगाईसक्ने तयारी अनुसार काम गरेको छ । 

अहिले माओवादी केन्द्र प्रदेश २ को इन्चार्ज मात्रिका यादव छन् । २ नम्बर प्रदेशका १ सय ३६ स्थानीय तह मध्ये माओवादी केन्द्रले आधा भन्दा बढी उम्मेदारको टुङ्गो लगाई सकेको यादवले बताएका छन् । यादवका अनुसार माओवादीको १३ भदौमा जनकपुरमा हुने बैठकले बाँकी सबै उम्मेदवारको टुंगो लगाउनेछ । जनकपुरमा हुने उक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित प्रदेश नम्बर २ का मुख्य-मुख्य नेताहरुको उपस्थिति हुनेछ । 

प्रदेश नम्बर २ मा माओवादीले मधेसकेन्द्रित तथा कांग्रेससंग तालमेल गर्न सक्ने बुझिएको छ । यस अघिका २ चरणमा भएको निर्वाचनमा कांग्रेस माओवादीको तालमेल भए अनुसारनै कांग्रेसले पनि माओवादी केन्द्रसँग तालमेल गर्नेछ । साथै माओवादी केन्द्रले तालमेलकै कारण उम्मेदवार घोषणामा ढिलाइ भएको बताएको छ । माओवादीले आफुले जित्नेजस्तो स्थानमा एक्लै लड्नेछ भने कम्जोर स्थानमा स्थिति हेरेर कांग्रेस वा मधेसकेन्द्रित दलसँग मिल्न सक्ने देखिएको छ । माओवादीले तालमेलको स्थिति हेरेर कांग्रेस र मधेसकेन्द्रित दलसँग समेत छलफल गरेर छिटै टुंगोमा लगाउने तयारि समेत गरेको छ ।

माओवादीले मधेसमा माओवादी केन्द्र पहिलो शक्ति बन्ने आधार देखेको बताईएको छ । सरकारमा हुँदा मधेस–पहाड जोड्ने काम गरेकाले मधेसी जनताले माओवादीलाई जिताउने उसको विश्वास छ । माओवादीले त्यसका लागि तालमेलसँगै जनमत बुझेर मात्र उम्मेदवार छनोट गर्ने जनाएको छ ।

माओवादी अध्यक्ष प्रचण्डले केहि दिन अघि मधेस केन्द्रित हजारौं नेता/कार्यकर्ताहरु माओवादीमा प्रवेस गर्ने बताए अनुसार नेपाल लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामेश्वर राय यादव भदौ १४ मा माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन् । उनिसँगै उनीनिकटका नेता तथा कार्यकर्ताहरु माओवादीमा प्रवेश गर्ने पक्का-पक्कि भईसकेको र त्यस अनुसार कार्यक्रम समेत तय गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै