३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जेलेन्स्कीद्वारा ट्रम्प र पुटिनसँग त्रिपक्षीय बैठकको प्रस्ताव

१५ जेष्ठ २०८२, बुधबार १४:४३
मस्कोलाई उसको तीन वर्षे आक्रमण रोक्न बाध्य पार्न खोजिरहनुभएका युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग त्रिपक्षीय शिखर सम्मेलनको आह्वान गर्नुभएको छ ।
रुसी राष्ट्रपति पुटिनले यस महिनाको सुरुमा टर्कीमा जेलेन्स्कीलाई भेट्ने आह्वानलाई अस्वीकार गर्नुभयो र क्रेमलिनले दुई नेताबीच कुनै प्रकारको ‘सम्झौता’ भएपछि मात्र बैठक हुने बताएको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपतिले पुटिन र जेलेन्स्की दुवैले युद्ध अन्त्य गर्न सम्झौता नगरेकोमा निराशा व्यक्त गर्नुभएको छ ।
“यदि पुटिन द्विपक्षीय बैठकमा सहज हुनुहुन्न भने वा यदि सबैले यसलाई त्रिपक्षीय बैठक बनाउन चाहन्छन् भने मलाई कुनै आपत्ति छैन । म कुनै पनि ढाँचाका लागि तयार छु”, जेलेन्स्कीले बुधबार प्रकाशित पत्रकारहरूलाई दिएको टिप्पणीमा भन्नुभयो ।
उहाँले ‘ट्रम्प–पुटिन–म’ बैठकको लागि ‘तयार’ भएको बताउनुभयो र वासिङ्टनलाई मस्कोको बैंकिङ र ऊर्जा क्षेत्रमा कडा प्रतिबन्धहरूको प्याकेज लगाउन आग्रह गर्नुभयो ।
“हामी संयुक्त राज्य अमेरिकाबाट प्रतिबन्धहरूको प्रतीक्षा गरिरहेका छौँ”, जेलेन्स्कीले भन्नुभयो, “यदि रुसले रोकेन भने, प्रतिबन्धहरू लगाइनेछ भनेर ट्रम्पले पुष्टि गर्नुभयो । हामीले उहाँसँग दुई मुख्य पक्षहरू छलफल गर्‍यौँ –– ऊर्जा र बैंकिङ प्रणाली । के अमेरिकाले यी दुई क्षेत्रमा प्रतिबन्धहरू लगाउन सक्षम हुनेछ ? म त्यो धेरै चाहन्छु ।”
रुसले तत्काल युद्धविरामका लागि गरिएको समन्वित पश्चिमी अपिललाई अस्वीकार गरेपछि मस्कोमाथि नयाँ प्रतिबन्धको घोषणा नगरेकोमा जेलेन्स्कीले यसअघि वासिङ्टनप्रति निराशा व्यक्त गर्नुभएको थियो ।
जेलेन्स्कीले बोलेको केही घण्टापछि युक्रेनले रुसमाथि आफ्नो अहिलेसम्मको सबैभन्दा ठूलो ड्रोन आक्रमण सुरु ग¥यो । मस्कोको रक्षा मन्त्रालयका अनुसार देशमा झन्डै तीन सय ड्रोन प्रहार भयो ।
रुसी अधिकारीहरूले आक्रमणबाट थोरै मात्र क्षति भएको बताएका छन् ।
युद्धक्षेत्रमारुसले उत्तरपूर्वी सुमी सीमा क्षेत्रको वरिपरको अग्रपङ्क्तिमा ५० हजारभन्दा बढी सेना ‘जम्मा गरिरहेको’ बताउनुभयो । त्यहाँ मस्कोको सेनाले युक्रेनी भूभागभित्र पुटिनले ‘बफर जोन’ भनेको स्थापना गर्न खोज्दै धेरै बस्तीहरू कब्जा गरेको छ ।
जेलेन्स्कीले युक्रेनले शान्ति सम्झौताको मागमा रुसबाट प्रतिज्ञा गरिएको ‘ज्ञापनपत्र’ अझै प्राप्त नगरेको पनि बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली