2026-09-14 05:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सामाजिक न्याय र समृद्धिका लागि महिला अधिकार अपरिहार्य’

काठमाडौँ । प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार साहले महिला अधिकारको सम्मान नभएसम्म राज्य सामाजिक न्याय र समृद्धिको दिशातर्फ अघि बढन नसक्ने बताउनुभएको छ ।
राष्ट्रिय महिला आयोगद्वारा आज यहाँ आयोजित सातौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आयोजित समारोहमा उहाँले महिला हकअधिकार सम्बन्धित कानुनको पूर्ण कार्यान्वयनका लागि आह्वान समेत गर्नुभयो ।
उहाँले समितिले महिला हिंसा र दुव्र्यवहारसम्बन्धी उजुरीमाथि तत्काल छलफल एवं छानबिनसहित सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने गरेको बताउनुभयो ।  “महिला हकअधिकार समानता, न्यायपूर्ण ढङ्ग र समावेशी आधारले कसरी परिपुरण गर्न सकिन्छ भनेर लाछि परेका छौँ”, सभापति साहले भन्नुभयो ।
कर्मचारीतन्त्रदेखि राजनीतिक दलभित्र महिलाको सहभागिता बढाउनुपर्ने जोड दिँदै उहाँले आर्थिक समानताले महिला सशक्तीकरणमा बल पु¥याउने बताउनुभयो ।  सोही कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गडतौलाले नेतृत्वमा महिलाको अर्थपूर्ण सहभागितामा जोड दिँदै परिणाममुखी काम गर्न आग्रह गर्नुभयो । उहाँले महिलाका मुद्दामा संवेदनशील भई काम गर्न सुझाव दिनुभयो ।
सांसद सदस्य रेखा यादवले नेपाली समाजमा अहिले पनि महिलाको भूमिका सहयोगीका रुपमा सीमित, अर्थ र सामाजिक प्रतिष्ठामा पुरुषकै पकड रहेको बताउनुभयो ।  सांसद प्रतीक्षा तिवारीले अधिकारको दुरुपयोग हुन नदिन संवेदनशील बन्नपर्ने बताउनुभयो ।
कार्यक्रममा  पत्रकार बबिता बस्नेतले योगमायादेखि हालसम्म महिलाले लोकतन्त्र, सामाजिक न्यायका लागि गरेको बलिदानीपूर्ण सङ्घर्षको इतिहाससम्बन्धी चर्चा गर्नुभएको थियो ।  राष्ट्रिय महिला आयोगका कार्यवाहक अध्यक्ष कृष्णकुमारी पौडेल खतिवडाले आयोगको प्रतिवेदनमार्फत दिइएको सुझावलाई सरकारले गम्भीर रुपमा नलिएको गुनासो गर्नुभयो । आयोगका सदस्य विद्याकुमारी सिन्हाले महिला सशक्तीकरण र महिला हिंसा रोक्ने कार्यलाई प्राथमिकतामा राखेर तीनै तहमा आयोगले काम गरिरहेको बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ