भदौ ९, काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री डा शंशाङ्क कोइरालाले लोकतन्त्रको संस्थागत विकासका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री डा शंशाङ्क कोइरालाले लोकतन्त्रको संस्थागत विकासका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । 
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकतन्त्रको संस्थागत गर्न प्रेसको भूमिका महत्वपूर्ण: कोइराला

२०७४, ९ भाद्र शुक्रबार ०७:४३


भदौ ९, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शंशाङ्क कोइरालाले लोकतन्त्रको संस्थागत विकासका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । 

नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई आज आफ्नै निवास महाराजगञ्जमा बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

लोकन्त्रमाथि आइपर्ने खतराका सम्बन्धमा सञ्चार क्षेत्र सदैव सतर्क रहनुपर्ने धारणा व्यक्त गर्दै महामन्त्री डा कोइरालाले भन्नुभयो, “राज्यको चाँैथो अंग प्रेसको स्वतन्त्रतामाथि कहिल्यै हस्तक्षेप हुनुहुँदैन भन्नुभयो ।” सञ्चार जगत सदैव स्वतन्त्र र निष्पक्ष हुुनुपर्ने बताउँदै उहाँले लोकतन्त्रको सुदृढीकरणका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभयो । 

कार्यक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले प्रेस स्वतन्त्रताका सम्बन्धमा कहिल्यै कसैसँग सम्झौता नहुने दृढता व्यक्त गर्दै पत्रकार हकहितका लागि काम गर्ने प्रतिबद्धता दोहो¥याउनुभयो । 

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले महासंघले अब सबैलाई समेटेर आफ्नोे साझा चरित्र कायम राख्नुपर्ने सुझाव दिनुभयो । 

महासंघका पूर्व महासचिव पोषण केसीले महासंघको नयाँ नेतृत्वले श्रमजीवी पत्रकारका आर्थिक र भौतिक सुरक्षाका सम्बन्धमा काम गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा काँग्रेस नेता डा शेखर कोइराला, पूर्व उपप्रधानमन्त्री एवं काँग्रेस नेतृ सुजाता कोइराला, पूर्व परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, मन्त्री रामकृष्ण यादव, राज्यमन्त्री, काँग्रेसका नेता, महासंघका पूर्व अध्यक्ष, वरिष्ठ पत्रकारलगायतको उपस्थिति थियो । 

यसअघि आजै काँग्रेस नेता डा महतले आफ्नो निवासमा महासंघका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई बधाई तथा जलपान कार्यक्रमको आयोजना गर्नुुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै