२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागमती प्रदेशः नीति तथा कार्यक्रम प्रस्तुत

१५ जेष्ठ २०८२, बुधबार २२:१९

बागमती । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा तहगत सरकारको समन्वयमा भौतिक संरचनाको पुनःनिर्माण र पुनस्र्थापनालाई प्राथमिकता दिने भएको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशका सबै क्षेत्रगत तहका नीति तथा कार्यक्रम कार्यान्वयनमा विपद् संवेदनशीलतालाई आत्मसात गरिने बताउनुभयो । उहाँले तहगत सरकारको समन्वयमा भौतिक संरचनाको पुनःनिर्माण र पुनस्र्थापनालाई प्राथमिकता दिइने घोषणा गर्नुभयो ।

प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा एकद्वार प्रणाली अवलम्बन गर्ने, वहुवर्षीय योजनाहरूको मापदण्ड निर्धारण गरी आगामी आवको पहिलो चौमासिकभित्र स्रोत सुनिश्चितता प्रदान गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेशका गौरवका आयोजना, बहुवर्षीय आयोजना र क्रमागत आयोजनाहरू तोकिएको समयभित्र सम्पन्न गर्ने, आयोजना छनोट पद्धतिलाई व्यवस्थित र पारदर्शी बनाउने तथा बजेट निर्माण र कार्यान्वयन प्रक्रियामा सुशासन कायम गर्न प्रदेश आयोजना बैंक व्यवस्थापन गर्ने, सूचना प्रणालीलाई तहगत आबद्धता कायम गरी सञ्चालन गर्ने सरकारको नीति तथा कार्यक्रममा समेटिएका छन् ।

प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा रहेका आयोजना पहिचान र प्राथमिकीकरण गर्ने, प्रदेशमा लगानीका सम्भावना पहिचान गर्न लगानी सम्मेलन आयोजनाका लागि नीतिगत, कानुनी तथा संरचनागत व्यवस्थापन गर्ने, सार्वजनिक, निजी तथा सहकारी क्षेत्रको साझेदारी एवं उत्पादन र रोजगारी सृजना गर्न निजी क्षेत्रको नेतृत्वदायी भूमिका सुनिश्चितता गर्न नीतिगत तथा संरचनागत सुधार गर्ने, प्रदेशको पूर्ण वा सहलगानीमा निर्माण भएका पूर्वाधार स्थानीय तहलाई हस्तान्तरण गर्ने र आम्दानीको निश्चित प्रतिशत प्रदेशले प्राप्त गर्ने व्यवस्था गरिने प्रदेशप्रमुख देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोही प्रकृतिका आयोजना÷परियोजना निर्माणलाई प्राथमिकता दिइने छ । राष्ट्रिय प्राथमिकता प्राप्त परियोजना, प्रदेशको प्रशासनिक भवन तथा आवास निर्माण सुरु गर्ने, प्रदेशको विद्यमान संरचना र जनशक्तिको पुनरावलोकन गरी अनावश्यक संरचना खारेज गर्ने, गाभ्ने र छरितो बनाउने, प्रदेश सरकारको प्रशासनिक तथा अनुगमनलाई विद्युतीय प्रणालीमा आधारित बनाउने, उच्च प्रतिफलयुक्त र आन्तरिक आयमा योगदान गर्ने आयोजनाको छनोट तथा प्रभावकारी कार्यान्वयन गरी उत्पादन अभिवृद्धि गरी रोजगारीका अवसर सृजना गर्ने, वित्तीय अनुशासन अभिवृद्धि गर्दै सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेशको राजस्वको दायरा विस्तार गर्दै राजस्व चुहावट नियन्त्रण गर्न अन्तर प्रदेश समन्वयमार्फत करका दरमा एकरुपता कायम गर्ने, प्रादेशिक सडक, यातायात गुरुयोजना अद्यावधिक गरी प्राथमिकताका आधारमा प्रादेशिक लोकमार्ग तथा प्रादेशिक मार्गहरूको विकास, विस्तार स्तरोन्नति गर्ने, नयाँ सडकका ट्रयाक खोल्नेलाई निरुत्साहित गर्ने, सडक बोर्ड ऐनलाई समानुकूल परिमार्जन गर्न सङ्घीय सरकारसँग पहल गर्ने, प्रदेशस्तरीय पूर्वाधार तथा गुणस्तर प्रयोगशाला निर्माण गर्ने सरकारको नीति तथा कार्यक्रम छ ।

राइड सेयरिङलाई कानुन तर्जुमा गरी प्रभावकारी नियमन तथा राजस्वको दायरामा ल्याउने, निर्माण प्रक्रिया र अनुगमन तथा मूल्याङ्कन प्रणालीमा कृत्रिम बौद्धिकता (एआई) र सूचना प्रविधिको प्रयोग बढाउने, विद्युतीय रुपान्तरण (डिजिटल ट्रन्सफर्मेसन) कार्ययोजना तयार गरी प्रदेशलाई आवश्यक विभिन्न प्राणालीको चरणबद्ध पहिचान, विकास तथा अन्तरिकीकरण गरी प्रशासनिक सुधार एवं गतिशीलता प्रदान गर्ने, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति लिई प्रादेशिक रणनीतिक कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने, नमूना वडा समाजवादी कार्यक्रम र स्थानीय तहमा नवप्रवर्तन प्रोत्साहन कार्यक्रमलाई सरकारले निरन्तरता दिने भएको छ ।

सरकारी भवनहरूको निर्माणमा एकद्वार प्रणाली लागु गर्ने, ‘एकीकृत बस्ती, समृद्ध सहरको नीति’ अन्तर्गत भौतिक पूर्वाधारका क्षेत्रमा सार्वजनिक तथा निजी लगानीलाई प्रवर्द्धन गर्दै एकीकृत बस्ती विकास गुरुयोजना तर्जुमा गरी प्रदेशभित्रका उदीयमान सहर स्थापना गर्ने कार्यक्रमलाई अघि बढाइने सरकारले नीति तथा कार्यक्रममा समेटेको छ ।

‘कृषि रुपान्तरणको आधार ः प्रवर्द्धन र पूर्वाधार’ भन्ने अभियानका साथ कृषि उत्पादन अभिवृद्धि गर्न कृषि र कृषका प्रवर्द्धन र भौतिक पूर्वाधार निर्माणमा निजी, सहकारी क्षेत्रलाई लगानी गर्ने वातावरण तयार गर्ने, समयमा सिँचाई सुविधा उपलब्धताका लागि साना सिँचाइ संरचनाको निर्माण तथा मर्मत सम्भार, अन्न भण्डारण गृहलगायत कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको प्रदेशप्रमुख देवकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता