2026-07-29 10:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अठारौँ गणतन्त्र दिवसः राष्ट्रपति मूल समारोहमा सरिक

काठमाडौँ । अठारौँ गणतन्त्र दिवस मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी हर्षाेल्लासका साथ मनाइएको छ । गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल सरिक हुनुभयो ।
राष्ट्रपति पौडेल संविधानको संरक्षक तथा नेपालको राष्ट्राध्यक्ष हुनुहुन्छ । त्यसअवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाद्वारा सलामी अर्पणका साथै राष्ट्रिय गान र झण्डोत्तोलनसमेत गरियो ।
कार्यक्रममा मुलुकमा गौरवमय परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा सहादत प्राप्त ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रका लागि सङ्घर्ष, त्याग र बलिदान गर्ने अग्रजहरूको योगदानको स्मरण गरियो ।
सोअवसरमा गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहलाई सम्बोधन गर्दै गणतन्त्र कुनै दलको स्वामित्व होइन, यसको मालिक जनता हो भन्नुभयो ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपप्रधानमन्त्री प्रकाशमान सिंह सहभागी हुनुहुन्थ्यो ।
त्यसअघि नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस–२०८२ अङ्कित ब्यानर प्रदर्शनी गरी पुष्पवृष्टि गरिएको थियो । कार्यक्रममा काठमाडौँ महानगर, ललितपुर महानगर, कीर्तिपुर नगरपालिकालगायत स्थानीय तहले धिमे र नौमतिबाजासहित लाखे र खैजडी नाच प्रस्तुत गरेको थिए ।
मुलुकको विविधतासम्बन्धी महत्त्व झल्कने साँस्कृतिक झाँकी प्रदर्शन गरिनुका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालबाट मार्चपास प्रस्तुत भयो । गणतन्त्रको खुसियालीमा रङ्गीचङ्गी बेलुन उडाउनुका साथै शान्तिको कामना गर्दै परेवा उडाइएको थियो ।
राष्ट्रिय खेलकुद परिषद्का तर्फबाट बालबालिका तेक्वान्दो प्रदर्शनी  र सुरक्षा निकायकातर्फबाट सातै प्रदेशको विविधता झल्कने प्रकृतिको साँस्कृतिक प्रस्तुतिसमेत गरिएको थियो । कार्यक्रममा सुरक्षा फौजकातर्फबाट संयुक्त ब्याण्ड प्रस्तुत भएको थियो ।
विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा दुई सय ४० वर्षदेखिको राजतन्त्र व्यवस्थाको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरिएको थियो । उक्त ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन हरेक वर्ष आजको दिन गणतन्त्र दिवस मनाउने गरिएको हो ।
विभिन्न राजनीतिक दल, प्रदेश सरकार, स्थानीय तह र विभिन्न सङ्घसंस्थाले पनि गणतन्त्र दिवसका अवसरमा यसको महत्त्व उजागार गर्ने विभिन्न कार्यक्रम आयोजना गरेका छन् । विदेशस्थित कूटनीतिक नियोगमा समेत गणतन्त्र दिवस मनाउने गरिएको छ ।
मन्त्रीगण, पूर्वप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्व पनि गणतन्त्र समारोहमा भाग लिन टुँडिखेल पुग्नुभएको थियो । समारोहको नेपाल टेलिभिजन, रेडियो नेपाललगायत सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरि आफ्नै बाबुको हत्या गर्ने छोरा पक्राउ मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक सेप्टिक ट्यांकीमा फसेर तीन जना मजदुरको मृत्यु सेयर बजार निरन्तर ओरालोतिर रास्वपाको केन्द्रीय समिति बैठक जारी नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले बलिङ गर्ने, सन्दीप र सोमपाल बाहिर हुण्डी कारोबारको आरोपमा एक जना पक्राउ ट्रकले ठक्कर दिँदा एक बालकसहित ३ जनाको मृत्यु देश सबैको हो, साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ: रवि लामिछाने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीज्यू अत्यन्तै गम्भीर हुनुहुन्छ: अर्थमन्त्री वाग्ले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव हाम्रो वर्षौदेखिको सम्पत्ति हो, यसलाई बचाउनुर्छ: गगन थापा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ