2026-09-15 09:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज सीप मेला नहुने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दोस्रो संस्कारणका रुपमा सञ्चालन गरिरहेको सीप मेला आज एक दिनका लागि रोकिएको छ ।
सीप मेला कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाका अनुसार आज आयोजना  भएको गणतन्त्र दिवससँग सम्बन्धित कार्यक्रमहरुले सवारी आवागमनमा समस्या हुने देखिएको र यसकारण प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई कक्षामा आउन जान कठिन हुने भएकोले कक्षा बन्द गर्नु परेको हो ।
झाका अनुसार भोलिदेखि कक्षाहरु नियमित रुपमा सञ्चालन हुनेछन् । कामपाले गएको वर्षको सिकाइ र रोजगार क्षेत्रबाट आएको पृष्ठपोषणका आधारमा यस वर्ष २०८१ जनालाई तालिम दिने लक्ष्य राखेर जेठ ७ गतेदेखि मेला थालिएको हो । १० क्षेत्रका ३७ पेसासँग सम्बन्धित तालिममा २० प्रतिशत सैद्धान्तिक र ८० प्रतिशत प्रयोगात्मक कक्षा सञ्चालन भइरहेका छन् ।
आइसिटी क्षेत्रमा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पिएचपी र ग्राफिक्स, डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर अब्टिक्स टेक्निसियन, बौद्धिक कृत्रिमता (एआई) र यसको प्रयोग (एआई एन्ड इट्स एप्लिकेसन) गरी १२ पेसा छन् । ब्युटिसियन (सौन्दर्य) क्षेत्रमा विक्स (कृत्रिम कपाल बनाउने) सौन्दर्यकर्मी, मेकअप एन्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने (बार्बर) पेसा छन् ।
विशेष क्षमता सहयोगी तालिम (स्पेसल एबिलिटी सपोर्ट स्किल) यस वर्ष थपिएको क्षेत्र हो । यसअन्तर्गत हाउस किपिङ र केयर सर्भिस गरी दुईवटा पेसाका तालिम चल्नेछन् । हाउस किपिङ बहिरा अपाङ्गता भएका बालबालिकाका सहजकर्ताका लागि हो भने केयर सर्भिस डाउन सिन्ड्रोम, अटिजम भएका बालबालिकाहरुको सहजकर्ताका लागि हो । इलेक्ट्रिक्समा ल्यापटप रिपेयर टेक्निसियन, एसी एन्ड रेफ्रिजेरेटर, सिसिटिभी रिपेयरिङ, मोबाइल रिपेयरिङ गरी चारवटा पेसाका तालिम हुनेछन् ।
गार्मेन्ट्समा गार्मेन्ट फेब्रिकेटर र बेसिक फेसन डिजाइनिङ गरी दुईवटा पेसाका तालिम हुनेछन् । कन्स्ट्रक्सनमा इलेक्ट्रिसियन, प्लम्बिङ, मेसन, वेल्डिङ र कार्पेन्ट्री गरी पाँच पेसाका तालिम हुनेछ । हस्पिटालिटीमा बारिस्ता, वेटर, फास्ट फुड र बेकरी गरी चार पेसाका तालिम हुनेछ । अटोमोबाइल्समा इलेक्ट्रिक भेहिकल (इभी) मेन्टिनेन्स, हलुका सवारी साधन उपकरण मर्मत (लाइट भेहिकल मेसिन), विद्युतीय र इन्धनबाट चल्ने मोटरसाइकल र स्कुटर मर्मत तीनवटा पेसाका तालिम सञ्चालन हुनेछ । यसै विधामा ज्योतिष र पुरोहितको पनि तालिम चल्नेछ ।
कृषिमा फूलको सजावट (फ्लावर डेकोरेसन) सम्बन्धी तालिम हुनेछ । स्टक मार्केटसम्बन्धी तालिम हुनेछ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु