भदौ ९, काठमाडौँ । म्यानेजमेन्ट इन्टिच्युट फर नेशनल डेभलपमेन्ट (माइण्ड) नेपालले विश्वको शिक्षालाई नेपालमा लागू गर्न ‘एड्भान्स एड सम्मेलन’ गरिने भएको छ । 

मा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, काठमाडौँ । म्यानेजमेन्ट इन्टिच्युट फर नेशनल डेभलपमेन्ट (माइण्ड) नेपालले विश्वको शिक्षालाई नेपालमा लागू गर्न ‘एड्भान्स एड सम्मेलन’ गरिने भएको छ । 

मा"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वको शिक्षा नेपालमा लागू गर्न सम्मेलन गरिने

९ भाद्र २०७४, शुक्रबार ११:०२

भदौ ९, काठमाडौँ । म्यानेजमेन्ट इन्टिच्युट फर नेशनल डेभलपमेन्ट (माइण्ड) नेपालले विश्वको शिक्षालाई नेपालमा लागू गर्न ‘एड्भान्स एड सम्मेलन’ गरिने भएको छ । 

माइण्ड नेपालले आज पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रियस्तरको उच्च माध्यामिक शिक्षा प्रदायक शैक्षिक संस्था (एड्भान्सएड)लाई नेपालमा लागू गर्न सम्मेलन गर्न लागिएको जानकारी दिएको हो । 

सम्मेलनमा माइण्ड नेपालका प्रमुख कार्यकारी अधिकृत अनिल प्रधानले नेपालमा प्रथमपटक उच्च माध्यामिक एवं माध्यामिक शिक्षा समुदायमा शैक्षिक उन्नतिका लागि आगामी आइतबार काठमाडौँमा सम्मेलन गर्न लागिएको जानकारी दिनुभयो । 

सम्मेलनमा माइण्ड नेपालका प्रमुख कार्यसम्पादन अधिकृत सुजन अर्यालले नेपालको शिक्षालाई अन्तर्राष्ट्रिय शिक्षासँग जोड्न यो सम्मेलनको आयोजना गर्न लागिएको जानकारी दिनुभयो । “उच्च शिक्षाका लागि दिनहुँ विदेशिने युवालाई स्वदेशमा शिक्षा दिने उद्देश्यले सम्मेलन आयोजना गर्न लागेका हौँ”, अर्यालले भन्नुभयो । 

सम्मेलनमा एड्भान्सएडका प्रमुख कार्यकारी अधिकृत डा एन्नेटे बोह्लिङ, एड्भान्सएडका एशिया–अष्ट्रेलियाका उपाध्यक्ष डा केम हुसैन, एड्भान्स एड एशिया–अष्ट्रेलिया क्षेत्रीय निर्देशक डा एन्ने म्यारी उल्सेलगायतले नेपालको शिक्षालाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन यो सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

एड्भान्सएडले विश्वका ७० भन्दा बढी मुलुकमा ४० हजारभन्दा बढी उच्च माध्यामिक विद्यालय तथा माध्यामिक विद्यालयमा आफ्नो गुणस्तरीय शैक्षिक प्रणाली लागू गरिसकेको छ । जसमा दुई करोडभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् । 

सम्मेलनको उद्घाटन उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह