भदौ ९, काठमाडौँ । म्यानेजमेन्ट इन्टिच्युट फर नेशनल डेभलपमेन्ट (माइण्ड) नेपालले विश्वको शिक्षालाई नेपालमा लागू गर्न ‘एड्भान्स एड सम्मेलन’ गरिने भएको छ । 

मा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, काठमाडौँ । म्यानेजमेन्ट इन्टिच्युट फर नेशनल डेभलपमेन्ट (माइण्ड) नेपालले विश्वको शिक्षालाई नेपालमा लागू गर्न ‘एड्भान्स एड सम्मेलन’ गरिने भएको छ । 

मा"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वको शिक्षा नेपालमा लागू गर्न सम्मेलन गरिने

२०७४, ९ भाद्र शुक्रबार ११:०२

भदौ ९, काठमाडौँ । म्यानेजमेन्ट इन्टिच्युट फर नेशनल डेभलपमेन्ट (माइण्ड) नेपालले विश्वको शिक्षालाई नेपालमा लागू गर्न ‘एड्भान्स एड सम्मेलन’ गरिने भएको छ । 

माइण्ड नेपालले आज पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रियस्तरको उच्च माध्यामिक शिक्षा प्रदायक शैक्षिक संस्था (एड्भान्सएड)लाई नेपालमा लागू गर्न सम्मेलन गर्न लागिएको जानकारी दिएको हो । 

सम्मेलनमा माइण्ड नेपालका प्रमुख कार्यकारी अधिकृत अनिल प्रधानले नेपालमा प्रथमपटक उच्च माध्यामिक एवं माध्यामिक शिक्षा समुदायमा शैक्षिक उन्नतिका लागि आगामी आइतबार काठमाडौँमा सम्मेलन गर्न लागिएको जानकारी दिनुभयो । 

सम्मेलनमा माइण्ड नेपालका प्रमुख कार्यसम्पादन अधिकृत सुजन अर्यालले नेपालको शिक्षालाई अन्तर्राष्ट्रिय शिक्षासँग जोड्न यो सम्मेलनको आयोजना गर्न लागिएको जानकारी दिनुभयो । “उच्च शिक्षाका लागि दिनहुँ विदेशिने युवालाई स्वदेशमा शिक्षा दिने उद्देश्यले सम्मेलन आयोजना गर्न लागेका हौँ”, अर्यालले भन्नुभयो । 

सम्मेलनमा एड्भान्सएडका प्रमुख कार्यकारी अधिकृत डा एन्नेटे बोह्लिङ, एड्भान्सएडका एशिया–अष्ट्रेलियाका उपाध्यक्ष डा केम हुसैन, एड्भान्स एड एशिया–अष्ट्रेलिया क्षेत्रीय निर्देशक डा एन्ने म्यारी उल्सेलगायतले नेपालको शिक्षालाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन यो सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

एड्भान्सएडले विश्वका ७० भन्दा बढी मुलुकमा ४० हजारभन्दा बढी उच्च माध्यामिक विद्यालय तथा माध्यामिक विद्यालयमा आफ्नो गुणस्तरीय शैक्षिक प्रणाली लागू गरिसकेको छ । जसमा दुई करोडभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् । 

सम्मेलनको उद्घाटन उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति