३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आधारभूत खानेपानी सेवाको पहुँच ९६.८५ प्रतिशत

१६ जेष्ठ २०८२, बिहीबार १५:३६

काठमाडौँ | सरकारले प्रस्तुत गरेको आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार मुलुकमा करिब ९६.८५ प्रतिशतमा आधारभूत खानेपानी सेवाको पहुँच पुगेको छ ।

आज अर्थमन्त्री विष्णु पौडेलले संसद्मा प्रस्तुत गर्नुभएको सो प्रतिवेदनमा २०८१ फागुनसम्ममा ९६.८५ प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी सेवाको पहुँच पुगेको उल्लेख छ । “२०८१ फागुनसम्म आधारभूत खानेपानी सेवाको पहुँच पुगेको जनसङ्ख्या ९६.८५ प्रतिशत र सुरक्षित खानेपानी (उच्च मध्यमस्तर) सेवाको पहुँच पुगेको जनसङ्ख्या २८.५० प्रतिशत पुगेको छ,” सर्वेक्षणमा भनिएको छ, “विसं २०८१ असारसम्म यस्तो जनसङ्ख्या क्रमशः ९६.७५ प्रतिशत र २७.७६ प्रतिशत रहेको थियो ।”

चालु आर्थिक वर्षको फागुनसम्म विभिन्न १७ खानेपानी आयोजना सम्पन्न भएको र सम्पन्न भएका आयोजनाबाट यस अवधिमा थप दुई लाख पाँच हजार ५६९ जनसङ्ख्यामा खानेपानी सेवा विस्तार भएको सर्वेक्षणमा उल्लेख छ ।

सर्वेक्षणअनुसार मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत खानेपानी वितरणका लागि ७९६ किलोमिटर पाइप बिछ्याउने लक्ष्य रहेकामा २०८१ फागुनसम्म ७६० किलोमिटर पाइपलाइन बिछ्याइ सकिएको छ ।

यसैगरी, काठमाडौँ उपत्यकाभित्र २६५ सरकारी विद्यालय, ४६ सरकारी भवन र ८९ सार्वजनिक भवन गरी हालसम्म ४०० स्थानमा बर्सातको पानी सङ्कलन प्रविधि जडान भएको सर्वेक्षणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली