2026-07-25 07:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जनप्रतिनिधि जनताको सारथी बन्नुपर्छ’

काठमाडौँ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशका जनतालाई सेवा प्रवाह गर्न र आर्थिक समृद्धिको लागि स्थानीय जनप्रतिनिधि नागरिकको सारथी बन्नुपर्ने बताउनुभएको छ । बागमती प्रदेश, गणतन्त्र दिवस समारोह समिति मकवानपुरद्वारा आज हेटौँडामा आयोजित कार्यक्रममा उहाँले सरकारले विकासको पूर्वाधार र कृषि उत्पादनलाई आत्मनिर्भर तुल्याउने दिगो योजनालाई कार्यन्वयन गर्दै लैजाने उल्लेख गर्नुभयो ।
प्रदेश प्रमुख देवकोटाले मुलुकमा गणतन्त्रको विकल्प नरहेको उल्लेख गर्दै राजनीतिक नेतृत्वले अब नयाँ सोच र चिन्तनका साथ विकासका लागि योजनाबद्ध भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सङ्घीय र प्रदेश सरकारबीच निरन्तर समन्वय र सहकार्य नहुँदा जनतालाई शीघ्र सेवा प्रवाह गर्न समस्या भइरहेको बताउनुभयो ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले प्रदेश सरकारले जनताका लागि भौतिक पूर्वाधार, वहुवर्षीय योजना, कृषि उत्पादनलाई जोड्न र पर्यटन क्षेत्रको विस्तारका लागि बजेट आगामी वर्षको बजेट विनियोजन गरी कार्यन्वयन गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले गणतान्त्रिक व्यवस्थाले सबै राजनीतिक दल र नागरिकलाई सम्मानपूर्वक समान अधिकार प्रत्याभुति गरेकाले गणतन्त्रको विकल्प गणतन्त्र नै रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहनुभएका सरकारका प्रवक्ता सुरजचन्द्र लामिछानेले सामाजिक न्याय, जनताप्रति मौलिक अधिकारको साथै राजनीतिक दललाई जनताप्रति जवाफदेही हुने प्रक्रिया गणतान्त्रिक पद्दतिमा व्यवस्था गरिएको बताउनुभयो ।
प्रभात फेरी
हेटौँडाको भूटन देवी उच्च माविको प्राङ्गणबाट निस्केको प्रभात फेरीले हेटौँडा नगरको परिक्रमा गर्दै बागमती मन्त्री परिषद्को प्राङ्गणमा पुगेपछि समारोहमा परिणत भएको थियो । प्रभातफेरीमा नेवारी, तामाङ, थारुको मौलिक सांस्कृति झल्किने नृत्य प्रस्तुत गरिएको थियो ।
उक्त प्रभातफेरीमा प्रदेश प्रमुख देवकोटा, मुख्यमन्त्री तामाङ, मन्त्री, बागमती प्रदेशसभाका उपसभामुख अप्सरा चापागाइँं, प्रदेशसभाका सदस्य, सुरक्षा निकायको उच्च अधिकृत, विभिन्न मन्त्रालयका सचिव, हेटौँडा उपमहानगरपालिका प्रमुख मिना लामा, उपप्रमुख राजेश वानिया, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितमान घलान, विभिन्न कार्यालय प्रमुख र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक